स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक कर्मचारीलाई सेवाबाट हटाउने तयारी गरेको छ ।
बिज्ञापन
मन्त्रालयले नवौं तहमा कार्यरत कन्सल्टेन्ट नेफ्रोलोजिष्ट डा सन्तोष क्षेत्रीलाई सेवाबाट हटाउने तयारी गरेको छ ।
बिज्ञापन
मन्त्रालयका अनुसार क्षेत्रीले गत साउन १८ गतेबाट बिदा स्वीकृत नगराई कार्यालय उपस्थित नभएपछि उनलाई सेवाबाट हटाउने तयारी गरेको हो ।
मन्त्रालयबाट प्रकाशित सूचनामा भनिएको छ, ०८१।०४।१८ गतेदेखि बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहनु भएकोले के कति कारणले बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहनु भएको हो ? भनी ७ (सात) दिनको म्याद दिई नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ८० बमोजिम स्पष्टीकरण पेश गर्न मिति ०८१।११।१० मा गोरखापत्र राष्ट्रिय दैनिकमा सूचना प्रकाशन गरिएकोमा तपाईले मिति ०८१।११।१५ मा पेश गरेको स्पष्टीकरण सन्तोषजनक भएको नदेखिएकोले तपाईलाई नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ७४ को उपदफा (१) को खष्ट (ज) बमोजिमको कसुरमा सोही ऐनको दफा ७२ को खण्ड (ख) को देहाय (१) बमोजिम भविष्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट किन नहटाउने ? सेवाबाट हटाउन नपर्ने कुनै कारण भए सोको समुद प्रमाण सहित १५ (पन्ध्र) दिन भित्र स्पष्टीकरण पेश गर्नुहुन नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ८१ को प्रयोजनार्थ यो सूचना प्रकाशन गरिएको छ ।
बिज्ञापन
यसअघि गत फागुन १० मा उनलाई ७ दिने स्पष्टीकरण सोधिएको थियो । तर उनको स्पष्टीकरण सन्तोषजनक नभएकाले अहिले फेरि सेवाबाट किन नहटाउने भनी १५ दिनको समय दिएर अर्को स्पष्टीकरण सोधिएको हो ।