अतिरिक्त सचिवलाई अवकाशको साता दिन पछि अर्काे नियुक्ति

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको अध्यक्षमा डा. दीपेन्द्ररमण सिंहलाई नियुक्त गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सोमबार मन्त्रिस्तरीय निर्णय गर्दै डा सिंहलाई अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरेका हुन् ।

बिज्ञापन

डा सिंह स्वास्थ्य मन्त्रालयबाट १२ गते अतिरिक्त सचिवबाट अनिवार्य अवकाश पाएका भएका थिए । अवकाशमा गएको साता दिन पछि नै सिंहले अर्काे नियुक्ति पाएका हुन ।

बिज्ञापन

डा सिंह कोभिड महामारीको समयमा स्वास्थ्य सेवा विभागको महानिर्देशक थिए। उता,शिक्षा तथा मानव स्रोत विकास केन्द्रको महानिर्देशकमा कृष्णप्रसाद काप्रीको सरुवा भएको छ । तत्कालीन महानिर्देशक दीपक शर्मा अनिवार्य अवकाशमा गएपछि महानिर्देशन पद खाली थियो ।

चिकित्सा शिक्षा आयोगको सदस्य सचिवको रूपमा कार्यरत काप्रीको फागुन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरेको थियो । मन्त्रालयमा सरुवा भएसँगै आइतबार मन्त्रालयले काप्रीलाई केन्द्रको महानिर्देशक बनाउने निर्णय गरेको थियो ।

बिज्ञापन

यसअघि शिक्षा मन्त्रालय अन्तर्गत विद्यालय शिक्षा, योजना र उच्च शिक्षा महाशाखामा बसेर काम गरेका थिए । त्यस्तै परीक्षा नियन्त्रक कार्यालयको परीक्षा नियन्त्रक, शैक्षिक गुणस्तर परीक्षण केन्द्र र पाठ्यक्रम विकास केन्द्रको समेत जिम्मेवारी सम्हालिसकेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रोनाल्डोले दिए राजीनामा,भाग्य चम्कियो रेजिनाको

लेखा अधिकृत र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

मन्त्रीपरिषद् बैठक ३ बजे बस्दै

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

कानुनबाट फिर्ता भयो संघीय निजामती सेवा विद्येयक,३०- ५५ को प्रावधान यथावत

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

बिशेष