४१ सहसचिवको सरुवा : ९ गृहमा भित्रिदा,२ बाहिरिए

सरकारले ४१ जना सहसचिवको सरुवा गर्दा गृह मन्त्रालयमा ९ जना सहसचिवले इन्ट्री पाएका छन् । सोमबारको मन्त्रिपरिषद्को बैठकले २ सहसचिवलाई गृहबाट बाहिर पठाएको छ ।
सरुवाको सूची अनुसार संघीय मामिला तथा सामान्य प्रशासनको कर्मचारी प्रशासन हेर्दै आएका बलराम रिज्याल गृह भित्रिएका छन् । उनीझै मधेश प्रदेशको श्रम मन्त्रालयबाट सुरेन्द्र पौडेल पनि गृहमा इन्ट्री पाएका पाएका छन् । यस्तै,अख्तियारबाट ईश्वरी अर्याल र नरहरि घिमिरे पनि गृहमा भित्रिएका छन् ।

बिज्ञापन

अख्तियार,कञ्चनपुर कार्यालयबाट माधव पोखरेल पनि गृहमा आएका छन् । मुख्यमन्त्री कार्यालय,कर्णालीबाट आनन्द सारु पनि गृहमै आएका छन् । प्रदेश प्रमुखको कार्यालय,लुम्बिनीबाट बेदप्रसाद खरेल,मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशबाट कुमान सिङ गुरुङ पनि गृहमै प्रवेश पाएका छन् ।
यस्तै सार्वजनिक खरिद अनुगमनको कार्यालयबाट दिपकराज नेपाल पनि गृहमा प्रवेश पाएका छन् ।

बिज्ञापन

गृहबाट खगेन्द्र रिजाल भने बाहिरिएका छन्,उनलाई अख्तियारमा लगिएको छ । रामबन्धु सुवेदी सार्वजनिक खरिद अनुगमनको कार्यालयतिर पुगेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

आइतबार र सोमबार बिदा दिने सरकारको निर्णय

राष्ट्रका लागि लड्ने क्याप्टेन, जीवनका लागि एक्लै योद्धा

दलिय कर्मचारी संगठनको दादागिरी : वरिष्ठ अधिकृत हटाइ युनियन सल्लाहकारलाई प्रमुख बनाउन दबाब

भिषण वर्षाको जोखिमबीच दुई दिन सार्वजनिक बिदा दिन कर्मचारीको सुझाव

भारी वर्षासँगै राजमार्ग अवरुद्ध हुने सम्भावना : सडक विभागको सतर्कता अपिल

नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–नागढुंगा सडकखण्ड पहिरोले अवरुद्ध

बागमती र मधेशमा चट्याङसहित वर्षा, मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह

बडादसैँ : धर्मको रक्षा र जीवनलाई प्रेरणा

बिशेष