एक सहसचिव र दुई उपसचिवको सरुवा,पाँच सहसचिवको पदस्थापन

न्याय सेवा आयोगले केही सहसचिवको सरुवा,पदस्थापन तथा केही उपसचिवहरुको सरुवा गरेको छ ।

बिज्ञापन

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा सोमबार बसेको बैठकले एक सहसचिवसहित २ उपसचिवस्तरका कर्मचारीको सरुवा र पाँच जना सहसचिवको पदस्थापन गर्न निर्णय गरेको हो ।
जस अनुसार, सहन्यायाधिवक्ता लक्ष्मण उपाध्याय घिमिरेलाई उच्च सरकारी वकिल कार्यालय जुम्लामा सरुवा गर्ने निर्णय गरेको हो । उपाध्याय उच्च सरकारी वकिल कार्यालय, तुल्सीपुर दरबन्दी भई सत्य निरुपण तथा मेलमिलाप आयोगमा काजमा कार्यरत थिए ।

बिज्ञापन

यस्तै आयोगले यस्तै उच्च सरकारी अदालत तुल्सीपुरको नेपालगन्ज इजलासबाट उपरजिस्ट्रार सरोजनिधि वाग्लेलाई सर्वोच्च अदालतको इजलास अधिकृतको रुपमा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव अवधकिशोर प्रसाद कुशवाहा विद्युत विकास विभागमा सरुवा गरेको छ ।

साथैं बैठकले हालैमात्र उपसचिवबाट सहसचिवमा बढुवा नियुक्ति भएकी सपना अधिकारी गौतमलाई उच्च अदालत तुल्सीपुर नेपालगञ्ज इजलाश,उर्मिला जिसी र मानबहादुर बस्नेतलाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा पदस्थापन गरेको छ ।

बिज्ञापन

यस्तै लोकसेवाबाट बढुवा भइ सहसचिव बनेकी शारदा राउतलाई उच्च सरकारी वकिलको कार्यालय धनकुटा र युवराज महतलाई उच्च सरकारी वकिलको कार्यालय इलाममा सहन्यायधिवक्ताको रुपमा पदस्थापन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

प्रमुख प्रशासकीय अधिकृतसँग लिखित स्पष्टीकरण माग

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

रोनाल्डोले दिए राजीनामा,भाग्य चम्कियो रेजिनाको

लेखा अधिकृत र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

मन्त्रीपरिषद् बैठक ३ बजे बस्दै

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

कानुनबाट फिर्ता भयो संघीय निजामती सेवा विद्येयक,३०- ५५ को प्रावधान यथावत

बिशेष