त्रिवि स्टेडियममा नीतिगत भ्रष्टाचार,ठेकेदार पोस्न रातारात स्पेसिफिकेसन संशोधन

कर्मचारीहरुले कसरी व्यवसायीलाई मालामाल हुने गरी ‘कार्टेलिङ्ग’ गर्दछन् भन्ने अर्काे उदाहरण देखिएको छ,संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा ।
जसरी सिँचाई मन्त्रालयले झण्डै साढे २ अर्ब रुपैयाँको एउटा आयोजनाको ठेक्का नै निकटका व्यवसायीलाई मात्र पोस्ने गरी कार्टेलिङ्ग गरेको उजुरी अहिले सार्वजनिक खरिद अनुगमनको कार्यलयमा पुगेको छ । उस्तै बदमासी भएको भेटिएको छ,सानो गौचरणस्थित उक्त कार्यालयबाट ।

बिज्ञापन

सो कार्यालयका प्रमुख तथा सुप्रिटेण्डेड इञ्जिनियर चक्रवर्ती कण्ठहरुले ठेक्का प्रावधानलाई संशोधन गरेर २८ करोडमा लाग्ने ठेक्कालाई ६० करोड पुर्याएर व्यवसायीलाई पोस्न खोजेको भेटिएको हो । संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका सुप्रिटेन्डेन्ट इन्जिनियर चक्रवर्ती कण्ठ,ई. गणेश कमाचार्य र इ.गणेश पाण्डेहरु ठेक्का विवादमा मुछिएका छन् ।

बिज्ञापन

यस अघि राष्ट्रिय खेलकुद परिषद्बाट सोही काम २८ करोडमा गराउन सकिने गरी भारतीय कम्पनीमा निर्मित फ्लोड लाइट लगाउने गरी रेट अनालाइसिस भएकोमा उक्त टेण्डर चार पटकसम्म बदर गराइ सोही भारतीय कम्पनीमा निर्मित फ्लोड लाइट लगाउने गरी अहिले ६० करोड पुर्याएर भ्रष्टाचार गरिएको भेटिएको छ ।

बिज्ञापन

खेलकुद परिषद्बाट अगाडि बढ्न नसकेको कीतिर्तपुर रंगशाला ठेक्का प्रक्रिया अगाडि बढाउनका लागि अर्थ मन्त्रालयलाई पत्र लेखेरै संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले अगाडि बढाएको थियो । परिषद्बाट ठेक्का नलागेर काम नभएपछि चक्रवर्ती कण्ठले पत्रै लेखेर त्यसको ठेक्का अगाडि बढाएका थिए । अहिले त्यही प्रकरणमा मुछिएका हुन,उनी । उनले चिठी लेखेर दशा भित्र्याएको रुपमा अर्थ्याउँदै छन्,त्यहीका कर्मचारीहरु । त्यहाँ जडान हुने फ्लडलाइटको ठेक्का प्रक्रियामा नीतिगत भ्रष्टाचारमा कण्ठहरुको समूह जोडिएको हो ।

संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले गत पुस ५ गते सूचना जारी गरेर माघ ६ गतेसम्म फ्लडलाइट जडान सम्बन्धी बोलपत्र पेस गर्न आह्वान गरेको थियो । पेस गरिएका बोलपत्र प्रस्तावहरूमध्ये कूल ५ वटा बोलपत्रदाताको प्राविधिक प्रस्ताव सारभूत रूपमा प्रभावग्राही रहेको पाइएको भन्दै माघ २५ गते आर्थिक प्रस्ताव खोल्ने भनेर उक्त कार्यालयले माघ १८ गते अर्को सूचना जारी गरेको भेटिन्छ ।

यही प्रकरणमा विडिङ डेट सात दिन अगाडिमात्र संशोधन गरेर आफू निकटको व्यवसायी पोस्न खोजिएको भेटिएको छ ।यस अघि ठेक्का आह्वान हुँदा संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले स्पेसिफिकेसन नै संशोधन गरेर अनियमितता भएको भेटिएको छ । ठेक्का आह्वान गर्दा जडान हुने बत्तीको उत्पतिको देश युरोप,अमेरिका,यूके भएको हुनुपर्ने भन्ने प्रावधान राखिएको थियो । तर, कार्यालयले ठेक्का बिड गर्ने अन्तिम म्यादको एक साता  उक्त प्रावधानलाई संशोधन गर्दै ‘युरोप,अमेरिका,बेलायत वा सो सरह’ भनेर संशोधन गरे ठेकेदारलाई पोस्न खोजिएको हो ।

प्राविधिक मूल्यांकनमा सूर्योदय ऊर्जा–रोशन जेभी, रेलिगेयर कन्स्ट्रक्सन प्रालि, भिशान–ईश्वरी जेभी, उमा एण्ड कम्पनी प्रालि र गीतान्जली–कार्की बन्धु जेभीको प्रस्ताव छनोट भएको थियो । भिशान–ईश्वरी जेभीले ४७ करोड ३७ लाख रूपैयाँमा ठेक्का हालेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार सबैभन्दा कम बोल कबोल गर्नेलाई ठेक्का पाउने हुँदा सोही कम्पनीले ठेक्का पाउने पक्कापक्की छ । त्यही चलखेल स्वरुप कण्ठले अर्थ मन्त्रालयलाई पत्रै लेखेर ठेक्का अगाडि बढाएको हो भनिदैंछ ।

यसरी ठेक्का संशोधन गरेर ६० करोड पुर्याइदा  कम्तीमा पनि २० करोड रूपैयाँसम्म आपूर्तिकर्तालाई बचत हुने स्रोत बताउँछ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष