‘पारिवारिक क्लब’ शैल्यशिखर नगरपालिका :- बुवा मेयर,छोरा प्रमुख प्रशासकीय,भतिज इञ्जिनियर

दार्चुलाको शैल्यशिखर नगरपालिका पारिवारिक क्लब बन्न पुगेको छ । जहाँ मेयर बुवा,छोरा प्रमुख प्रशासकीय अधिकृत र इञ्जिनियर भतिजो रहेको विवरण हालै सार्वजनिक भएको छ ।

बिज्ञापन

सोही नगरपालिका ५ का अध्यक्ष जनकसिंह डाँगाले नगरकार्यपालिकाका आर्थिक प्रशासन शाखा प्रमुख (लेखापाल) विजय बिष्टलाई मार्ने धम्की दिएसँगै यस्तो रोचक विवरण भेटिएको हो ।

बिज्ञापन

त्यहाँका स्थानीय तथा पालिकाकै कर्मचारीहरुले दिएको विवरण अनुसार,त्यहाँ पालिकाका अध्यक्षमा एमालेका नेता विजय सिंह धामी मेयरको कुर्सीमा छन् । सोही पालिकाको प्रमुख प्रशासकीय अधिकृतमा उनकै छोरा कार्यरत छन् । प्रमुख प्रशासकीय अधिकृतको रुपमा पुष्करसिंह धामी कार्यरत रहेका छन् ।
यस्तै नगरप्रमुखका भतिजा योगेश सिंह धामी पालिकाको इन्जिनियरका रुपमा काम गरिरहेका छन् ।

पालिकाका कर्मचारीहरुका अनुसार, धामीको दरबन्दी दार्चुलाकै नौगाड गाउँपालिकामा छ । तर शैल्यशिखरमा प्रमुख प्रसाशकीय अधिकृत बिहिन भएपछि उनका बुबा तथा मेयर पुष्करले छोरालाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा पालिकामा भित्र्याएका हुन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

यी हुन शुद्धीकरणमा परेका कार्यालय सहयोगीदेखि आठौं तहका १२५९ कर्मचारी

यी हुन सहसचिव बढुवाका सम्भाव्य उमेद्धार

जेनजीका मन्त्रीहरुलाई भेगीय र जातीय कर्मचारीकै भर

एक करोडको चर्चा र नियम मिचिएको नियुक्ति

यस्ता छन् सचिव बैठकका २० निर्णय

प्राविधिकतर्फका आठ उपसचिव सहसचिव बढुवा सिफारिस

मालपोत डिल्लीबजारमा बिचौलिया हावी, मन्त्रीको आक्रोश : ‘अफिस चलाउने हो कि बिचौलिया ?

सचिवसँग ६ र सहसचिवसँग १० लाख धरौटी माग

बिशेष