सिंहदरबारभित्रै मन्त्रीमाथि हातपात प्रयास,हप्ता दिनसम्म घटना गुपचुप

उर्जा, जलस्रोत तथा सिचाइँ मन्त्री दीपक खड्कामाथि मन्त्रालयमै एक सर्वसाधारणले हातपात गरेको खुलासा भएको छ ।गत शुक्रवार मन्त्रालयबाट निस्कदै गर्दा एक पुरुषले उनलाई आक्रमणको प्रयास गरेको बिषय आज सार्वजनिक भएको छ ।

बिज्ञापन

सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई आज आफ्नै निवास बूढानीलकण्ठमा बोलाएका थिए । सोही क्रममा उनले आफूमाथि हातपात भएको घटना चुहाएका हुन् । गत शुक्रबार साँझ ६ बजे मन्त्रालयबाट निस्कदैँ गर्दा भर्‍याङमै ममाथि एक व्यक्तिले हातपात प्रयास गरेको कारण उनले सिंहदरबारको सुरक्षा व्यवस्था अत्यन्तै कमजोर भएको बिषय राखेका थिए । प्रहरीका अनुसार,खड्कामाथि हात गर्ने व्यक्ति हरि पोखरेल हुन । उनी २०७९ को निर्वाचनमा गोरखाबाट गण्डकी प्रदेशबाट प्रदेशसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार थिए ।

बिज्ञापन

सरकारमा सहभागी १० मन्त्री,२ राज्यमन्त्रीसहित संसदीय दल कार्य समितिका सदस्यहरुसमेत उपस्थित रहेको बैठकमा उनले अन्य मन्त्रीहरूलाई सचेत रहन आग्रह गरे । मन्त्री खड्कामाथि गोर्खाका युवाले हातपात गरेको बुझिएको छ । सुरक्षाकर्मीले छेकेका कारण मन्त्रीमाथि अप्रिय घटना भने हुन पाएन ।

ती व्यक्तिलाई एक दिन सिंहदरबार प्रहरी वृत्तमा राखेर छाडिएको बुझिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

२५ दफामा छलफल सकिँदा उल्टिए तीन प्रावधान,१२२ दफा चार दिनभित्रै सकाउनुपर्ने दवावमा समिति

सरकारी सुविधामा विदेश पढ्न गएका प्राविधिकहरु फरार,छैन भगौडा कर्मचारीको विवरण

अतिरिक्त सचिवको व्यवस्था हट्यो,अरु कुन- कुन प्रावधान उल्टियो ?

कर्मचारी प्रेसको समाचारपछि मन्त्रालय सक्रिय, सुईहरूको जिम्मेवारी फेरबदल

पूर्वाधारबिनै इम्बोस्ड नम्बर प्लेटमा राज्यको बलजफ्ती

९ उपसचिवको सरुवा,तीन कार्यालय प्रमुख हेरफेर

कालापानीमा बल्झिएको नेपालको घाऊ

अख्तियारमा मुद्दा खेपिरहेका उपसचिव उमेश ललितपुर फर्कने चलखेल

बिशेष