सिंहदरबारभित्रै मन्त्रीमाथि हातपात प्रयास,हप्ता दिनसम्म घटना गुपचुप

उर्जा, जलस्रोत तथा सिचाइँ मन्त्री दीपक खड्कामाथि मन्त्रालयमै एक सर्वसाधारणले हातपात गरेको खुलासा भएको छ ।गत शुक्रवार मन्त्रालयबाट निस्कदै गर्दा एक पुरुषले उनलाई आक्रमणको प्रयास गरेको बिषय आज सार्वजनिक भएको छ ।

बिज्ञापन

सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई आज आफ्नै निवास बूढानीलकण्ठमा बोलाएका थिए । सोही क्रममा उनले आफूमाथि हातपात भएको घटना चुहाएका हुन् । गत शुक्रबार साँझ ६ बजे मन्त्रालयबाट निस्कदैँ गर्दा भर्‍याङमै ममाथि एक व्यक्तिले हातपात प्रयास गरेको कारण उनले सिंहदरबारको सुरक्षा व्यवस्था अत्यन्तै कमजोर भएको बिषय राखेका थिए । प्रहरीका अनुसार,खड्कामाथि हात गर्ने व्यक्ति हरि पोखरेल हुन । उनी २०७९ को निर्वाचनमा गोरखाबाट गण्डकी प्रदेशबाट प्रदेशसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार थिए ।

बिज्ञापन

सरकारमा सहभागी १० मन्त्री,२ राज्यमन्त्रीसहित संसदीय दल कार्य समितिका सदस्यहरुसमेत उपस्थित रहेको बैठकमा उनले अन्य मन्त्रीहरूलाई सचेत रहन आग्रह गरे । मन्त्री खड्कामाथि गोर्खाका युवाले हातपात गरेको बुझिएको छ । सुरक्षाकर्मीले छेकेका कारण मन्त्रीमाथि अप्रिय घटना भने हुन पाएन ।

ती व्यक्तिलाई एक दिन सिंहदरबार प्रहरी वृत्तमा राखेर छाडिएको बुझिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

नेपालको निजामती सेवा ऐन ,संशोधन र सम्भावनाहरू 

नेपालको निजामती सेवा ऐन,संशोधन र सम्भावनाहरू

कर्मचारी भित्र लुकेको पिडा

निजामती सेवा प्रवेशको अधिकतम उमेर हद घटाइयो

महानिर्देशक खोज्दै नेपाल नागरिक उड्डयन प्राधिकरण

निजामतीको परिभाषा भित्र परेनन स्थानीय र प्रदेशका कर्मचारी

निजामतीमा ११ सेवाको प्रस्ताव, ५ सेवाबाट सचिव हुन नपाइने

सशस्त्रका ६ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

बिशेष