रसुवा निर्माण व्यवसायी संघको निर्वाचन :- कुन वैद्य,को अवैद्य ?

रसुवा, निर्माण व्यवसायी संघको निर्वाचनमा गाइजात्रा देखाइएको छ । रसुवा निर्माण व्यवसायी संघबाट दुई वटा समूह निर्वाचित भएका छन् । अहिले दुबै समूहले धमाधम बधाई खाइ रहेका छन् । को हो त त्यहाँका आधिकारिक ? यस अघि  भएको निर्वाचनमा सत्तारुढ दल काँग्रेस एमाले क्लिन स्विप भएर बडारिएसँगै दुई ठूला ठेकेदारहरुकै सक्रियतामा काँग्रेस र एमालेका निर्माण व्यवसायीलाई समेटेर अर्काे जिल्ला कार्यसमिति चयन गरिएको हो ।

बिज्ञापन

रसुवा निर्माण व्यवसायी संघको ९ औं साधरण सभा तथा जिल्ला अधिकवेशनबाट यस अघि माओवादी निकट छेसिंगी तमाङ निर्विरोध चयन भएका थिए । यस्तै उपाध्यक्ष जयराम अधिकारी, उपाध्यक्ष सागर लामा, महासचिव धन बहादुर गुरुङ, कोषाध्यक्ष सुन्दरलाल श्रेष्ठ,सचिव सज्जन लामा र ६ जना सदस्यमा चयन गरिएको थियो ।

बिज्ञापन

यस पछि निर्माण व्यवसायी संघ रसुवाका अध्यक्ष राजु तितुङले संस्थाको लेटरप्याड,छाप दुरुपयोग गरी संस्थाको सदस्य (फर्म) नरहेको व्यक्तिलाई कार्यसमितिमा चयन गरिएको भन्दै उनले विज्ञप्ति निकाले । प्रमुख जिल्ला अधिकारीलाई यो प्रकरण छानबिन गरी आवश्यक कारवाही गर्ने निवेदन दिन भ्याए ।

बिज्ञापन

रसुवा जिल्लाका दुई जना ठूल्ठूला काँग्रेस र एमालेका ठेकेदारहरु रहेका छन् । काँग्रेसको तर्फबाट संघीय संसदमै प्रतिनिधित्व गर्दैछन् मोहन आचार्य भने जनार्दन ढकाल अर्काे चलेका ठेकेदारहरु हुन एमालेको । यस अघि गराइएको निर्वाचनमा दुई ठूला ठेकेदारका दलकै प्रतिधित्व नभएर पत्तासाफ भएसँगै पुन त्यहाँ निर्वाचन गरी उनै तितुङको अध्यक्षतमा अर्काे कार्यसमिति बनाइएको छ ।

जहाँ काँग्रेस र एमालेका निर्माण व्यवसायीहरु समेटिएको छ । उपाध्यक्षमा गणेश पौडेल,तिलक तमाङ,सचिवमा कमलनाथ आचार्य,सहसचिव बहादुर तमाङ,कोषाध्यक्ष तेम्बा नुर्पु तमाङ रहेका छन् भने ११ सदस्यसहित १७ सदस्यीय निर्विरोध निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत पुरुषोत्तम अधिकारीले जनाएका छन् । ती निर्वाचित जिल्ला कार्यसमितिलाई हिजै दुई ठूला ठेकेदारहरुले खादा र माला लगाएर सम्मान गरेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

बिशेष