रसुवा निर्माण व्यवसायी संघको निर्वाचन :- कुन वैद्य,को अवैद्य ?

रसुवा, निर्माण व्यवसायी संघको निर्वाचनमा गाइजात्रा देखाइएको छ । रसुवा निर्माण व्यवसायी संघबाट दुई वटा समूह निर्वाचित भएका छन् । अहिले दुबै समूहले धमाधम बधाई खाइ रहेका छन् । को हो त त्यहाँका आधिकारिक ? यस अघि  भएको निर्वाचनमा सत्तारुढ दल काँग्रेस एमाले क्लिन स्विप भएर बडारिएसँगै दुई ठूला ठेकेदारहरुकै सक्रियतामा काँग्रेस र एमालेका निर्माण व्यवसायीलाई समेटेर अर्काे जिल्ला कार्यसमिति चयन गरिएको हो ।

बिज्ञापन

रसुवा निर्माण व्यवसायी संघको ९ औं साधरण सभा तथा जिल्ला अधिकवेशनबाट यस अघि माओवादी निकट छेसिंगी तमाङ निर्विरोध चयन भएका थिए । यस्तै उपाध्यक्ष जयराम अधिकारी, उपाध्यक्ष सागर लामा, महासचिव धन बहादुर गुरुङ, कोषाध्यक्ष सुन्दरलाल श्रेष्ठ,सचिव सज्जन लामा र ६ जना सदस्यमा चयन गरिएको थियो ।

बिज्ञापन

यस पछि निर्माण व्यवसायी संघ रसुवाका अध्यक्ष राजु तितुङले संस्थाको लेटरप्याड,छाप दुरुपयोग गरी संस्थाको सदस्य (फर्म) नरहेको व्यक्तिलाई कार्यसमितिमा चयन गरिएको भन्दै उनले विज्ञप्ति निकाले । प्रमुख जिल्ला अधिकारीलाई यो प्रकरण छानबिन गरी आवश्यक कारवाही गर्ने निवेदन दिन भ्याए ।

बिज्ञापन

रसुवा जिल्लाका दुई जना ठूल्ठूला काँग्रेस र एमालेका ठेकेदारहरु रहेका छन् । काँग्रेसको तर्फबाट संघीय संसदमै प्रतिनिधित्व गर्दैछन् मोहन आचार्य भने जनार्दन ढकाल अर्काे चलेका ठेकेदारहरु हुन एमालेको । यस अघि गराइएको निर्वाचनमा दुई ठूला ठेकेदारका दलकै प्रतिधित्व नभएर पत्तासाफ भएसँगै पुन त्यहाँ निर्वाचन गरी उनै तितुङको अध्यक्षतमा अर्काे कार्यसमिति बनाइएको छ ।

जहाँ काँग्रेस र एमालेका निर्माण व्यवसायीहरु समेटिएको छ । उपाध्यक्षमा गणेश पौडेल,तिलक तमाङ,सचिवमा कमलनाथ आचार्य,सहसचिव बहादुर तमाङ,कोषाध्यक्ष तेम्बा नुर्पु तमाङ रहेका छन् भने ११ सदस्यसहित १७ सदस्यीय निर्विरोध निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत पुरुषोत्तम अधिकारीले जनाएका छन् । ती निर्वाचित जिल्ला कार्यसमितिलाई हिजै दुई ठूला ठेकेदारहरुले खादा र माला लगाएर सम्मान गरेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निजामती विद्येयकको दफा ४३ हटाउन ‘स्वार्थ समूह’को चलखेल : १५ असार अगाडि प्रस्तुत हुनेछैन प्रतिनिधि सभामा

संघीय निजामती सेवा विधेयक तुरुन्त जारी गर्न माग गर्दै नेपाल निजामती कर्मचारी संगठनको अपिल

सिडियोले सच्चिने प्रतिवद्धता जनाएपछि ‘व्याक’ भए कर्मचारी

नियम विपरित काज सरुवा सामान्यले बदर गर्ने,विभागीय प्रमुख पदस्थापन गर्दा मन्त्रालयको सहमति अनिवार्य

उच्चस्तरीय सुशासन आयोग गठन भएको महिना दिन पछि डाकियो पहिलो बैठक

धुन्चेको ब्रावलमा चीनबाट आएकाे कन्टेनर दुर्घटना, स्वास्थ्य सामग्री रहेको खुलासा

सप्तरीमा दरबन्दी राखेर बर्ष दिनदेखि काजमा लुम्बिनीमै रमाइरहेका एक चिकित्सक

उसको सपना

बिशेष