अब तेह्रथुममा पनि स्थानीय तहबाटै राष्ट्रिय परिचयपत्र वितरण

स्थानीय तहबाटै राष्ट्रिय परिचयपत्र वितरण गर्ने दोश्रो जिल्ला बनेको छ तेह्रथुम । जिल्ला प्रशासन कार्यालय तेह्रथुमले पालिकाहरूसँग समन्वय गरी राष्ट्रिय परिचयपत्र वितरण गर्न थालेको हो । यस अघि स्थानीय तहबाटै राष्ट्रिय परिचयपत्र वितरण गर्नेमा तनहुँ पहिलो जिल्ला बनेको थियो । तनहुँ पछि तेह्रथुम जिल्ला प्रशासनले राष्ट्रिय परिचयपत्र स्थानीय तहबाटै वितरण गर्न शुरु गरेको हो । यसअघि जिल्ला प्रशासन कार्यालयमार्फत परिचयपत्र वितरण हुँदै आएकोमा राष्ट्रिय परिचयपत्र अब स्थानीय तहमार्फत वितरण हुने भएको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले जानकारी दिएकी छिन् ।

बिज्ञापन

तेह्थुममा स्थानीय तहबाटै राष्ट्रिय परिचयपत्र वितरण प्रक्रिया अबको एक दुई दिनभित्रै सुरु हुने भएको छ । जिल्ला प्रशासन कार्यालय तेह्रथुमको पहल तथा समन्वय र राष्ट्रिय परिचय पत्र तथा पन्जीकरण विभागको आयोजनामा एमआइएस अपरेटरहरुलाई तालिम दिइएसँगै अब स्थानीय तहबाट परिचयपत्र वितरण हुने भएकाने हो । मंगल र बुधार गरी दुई दिनसम्म जिल्लास्थित स्थानीय तहका एमआइएस अपरेटर र जिल्ला प्रशासन कार्यालयका विवरण दर्ता अपरेटरलाइ तेह्रथुममा तालिम प्रदान गरी सो सम्वन्धी आवश्यक उपकरण समेत उपलब्ध गराइसकेकोले अबको एक दुई दिन भित्रैमा परिचयपत्र स्थानीय तहबाट वितरण गरिने जनाइएको छ ।

बिज्ञापन

जिल्ला प्रशासन कार्यालयका अनुसार अहिले प्रशासनमा १६ हजार भन्दा बढी परिचयपत्र आइपुगेका छन् । यस अघि नै राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका बसेर कार्य अनुभव समेत बटुलिसकेको हिसबाले विशेष पहल गरेर पालिकाबाट वितरण गराउने व्यवस्था मिलाउन सफल भएको प्रमुख जिल्ला अधिकारी अर्याल बताउँछिन् ।
जिल्ला प्रशासन कार्यालयमा प्राप्त राष्ट्रिय परिचय पत्रका कार्डहरु पालिका र वार्डपिच्छे छुट्याएर राखिसकेकोले तालिम पश्चात अपरेटरलाइ प्रमुख जिल्ला अधिकारीले उक्त कार्डहरु हस्तान्तरण गरेकी हुन । अवदेखि प्रशासनले कार्ड वितरणको समग्र समन्वय र सहजीकरण गर्ने र अवको एक दुई दिनभित्र जिल्ला प्रशासन कार्यलयले कार्ड लिन आउन सम्वन्धित सबैलाइ मोवाइलमा मेसेज पठाउने र सम्वन्धित व्यक्तिले आफ्नो पालिकामा गएर कार्ड लिन सकिने अर्यालले बताइन ।

राष्ट्रिय परिचय पत्र तथा पन्जिकरण विभागको आयोजना र जिल्ला प्रशासन कार्यालय तेह्रथुमको पहल, समन्वय र सहआयोजनामा तेह्रथुम, पाचथर र ताप्लेजुङका स्थानीय तहका अपरेटर र प्रशासनका विवरण दर्ता अपरेटरलाइ तेह्रथुममा तालिम कार्यक्रम सम्पन्न भएको सहायक प्र जि अ श्री विक्रम लिम्बुले जनाए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अन्तर प्रदेश सरुवाको विपक्षमा मुख्यसचिव,कर्मचारीबाट चर्काे आलोचना

उच्च प्रशासकलाई आफ्नै सुर्ता,कस्ले बुझ्छ तल्ला तहका कर्मचारीको मर्का ?

गभर्नर नियुक्तिमा नयाँ मोड :-देउवा बोक्ने,निलमले रोक्ने

ओलम्पिक कमिटीको नयाँ कार्यसमितिले पायो आइओसीबाट मान्यता

सहसचिवको अन्तिम नतिजा सार्वजनिक

‘कार्यालय सहयोगीदेखि मुख्यसचिवसम्मको चित्त बुझ्ने गरी निजामती ऐन आउँछ’ : सभापति खतिवडा

‘मुख्य सचिव र सचिवको पदावधि घटाऔं,अतिरिक्त सचिवको व्यवस्था नराखौं’ : अर्थ सचिव उपाध्याय

कुलिङ पिरियड र अतिरिक्त सचिवको बिषयमा सहमति जुटाउन राज्यव्यवस्था समितिलाई सकस

बिशेष