अब तेह्रथुममा पनि स्थानीय तहबाटै राष्ट्रिय परिचयपत्र वितरण

स्थानीय तहबाटै राष्ट्रिय परिचयपत्र वितरण गर्ने दोश्रो जिल्ला बनेको छ तेह्रथुम । जिल्ला प्रशासन कार्यालय तेह्रथुमले पालिकाहरूसँग समन्वय गरी राष्ट्रिय परिचयपत्र वितरण गर्न थालेको हो । यस अघि स्थानीय तहबाटै राष्ट्रिय परिचयपत्र वितरण गर्नेमा तनहुँ पहिलो जिल्ला बनेको थियो । तनहुँ पछि तेह्रथुम जिल्ला प्रशासनले राष्ट्रिय परिचयपत्र स्थानीय तहबाटै वितरण गर्न शुरु गरेको हो । यसअघि जिल्ला प्रशासन कार्यालयमार्फत परिचयपत्र वितरण हुँदै आएकोमा राष्ट्रिय परिचयपत्र अब स्थानीय तहमार्फत वितरण हुने भएको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले जानकारी दिएकी छिन् ।

बिज्ञापन

तेह्थुममा स्थानीय तहबाटै राष्ट्रिय परिचयपत्र वितरण प्रक्रिया अबको एक दुई दिनभित्रै सुरु हुने भएको छ । जिल्ला प्रशासन कार्यालय तेह्रथुमको पहल तथा समन्वय र राष्ट्रिय परिचय पत्र तथा पन्जीकरण विभागको आयोजनामा एमआइएस अपरेटरहरुलाई तालिम दिइएसँगै अब स्थानीय तहबाट परिचयपत्र वितरण हुने भएकाने हो । मंगल र बुधार गरी दुई दिनसम्म जिल्लास्थित स्थानीय तहका एमआइएस अपरेटर र जिल्ला प्रशासन कार्यालयका विवरण दर्ता अपरेटरलाइ तेह्रथुममा तालिम प्रदान गरी सो सम्वन्धी आवश्यक उपकरण समेत उपलब्ध गराइसकेकोले अबको एक दुई दिन भित्रैमा परिचयपत्र स्थानीय तहबाट वितरण गरिने जनाइएको छ ।

बिज्ञापन

जिल्ला प्रशासन कार्यालयका अनुसार अहिले प्रशासनमा १६ हजार भन्दा बढी परिचयपत्र आइपुगेका छन् । यस अघि नै राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका बसेर कार्य अनुभव समेत बटुलिसकेको हिसबाले विशेष पहल गरेर पालिकाबाट वितरण गराउने व्यवस्था मिलाउन सफल भएको प्रमुख जिल्ला अधिकारी अर्याल बताउँछिन् ।
जिल्ला प्रशासन कार्यालयमा प्राप्त राष्ट्रिय परिचय पत्रका कार्डहरु पालिका र वार्डपिच्छे छुट्याएर राखिसकेकोले तालिम पश्चात अपरेटरलाइ प्रमुख जिल्ला अधिकारीले उक्त कार्डहरु हस्तान्तरण गरेकी हुन । अवदेखि प्रशासनले कार्ड वितरणको समग्र समन्वय र सहजीकरण गर्ने र अवको एक दुई दिनभित्र जिल्ला प्रशासन कार्यलयले कार्ड लिन आउन सम्वन्धित सबैलाइ मोवाइलमा मेसेज पठाउने र सम्वन्धित व्यक्तिले आफ्नो पालिकामा गएर कार्ड लिन सकिने अर्यालले बताइन ।

राष्ट्रिय परिचय पत्र तथा पन्जिकरण विभागको आयोजना र जिल्ला प्रशासन कार्यालय तेह्रथुमको पहल, समन्वय र सहआयोजनामा तेह्रथुम, पाचथर र ताप्लेजुङका स्थानीय तहका अपरेटर र प्रशासनका विवरण दर्ता अपरेटरलाइ तेह्रथुममा तालिम कार्यक्रम सम्पन्न भएको सहायक प्र जि अ श्री विक्रम लिम्बुले जनाए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

बिशेष