५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

५२ जना संवैधानिक पदाधिकारीको असवैद्यानिक नियुक्ति सम्बन्धी मुद्धाको पेसी तोकिएको छ । बुधवार प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतसहित पाँच न्यायाधीशको संवैधानिक इजलासमा पेसी तोकिएको हो । पेसी प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, हरिप्रसाद फुयाँल, मनोज शर्मा र नहकुल सुवेदीको इजलासमा उक्त रिटको पेसी तोकिएको छ ।

बिज्ञापन

५२ जना संवैधानिक पदाधिकारीको नियुक्ति विवाद न्यायाधीश कुमार रेग्मीले हेर्न नमिल्ने भएपछि आज दुईवटा इजलास गठन गरिएको सर्वोच्च प्रशासनले जनाएको छ। रेग्मीका दाजु माधव रेग्मी लोकसेवा आयोगका अध्यक्ष छन् । सोही कारण उनले उक्त मुद्धा हेर्न नमिल्ने भएका कारण इजलाशमा नहकुल सुवेदीलाई राखिएको सर्वाेच्च प्रशासनले जनाएको छ ।

बिज्ञापन

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ सालमा अध्यादेशमार्फत अख्तियार, राष्ट्रिय मानवअधिकार आयोग, निर्वाचन आयोगसहितका ५२ जनाको नियुक्ति बदर गर्न माग गर्दै अधिवक्ता ओमप्रकाश अर्याल, वरिष्ठ अधिवक्ता डा दिनेश त्रिपाठी लगायतले दायर गरेको रिटमा आज पेसी तोकिएको हो । यस अघि २०७८ चैत ९ गते कारण देखाऊ आदेश जारी भएको थियो भने २०७९ असार ८ गतेको आदेशमा सबै मुद्दालाई लगाउमा राख्ने र सबै विपक्षीलाई जानकारी दिने आदेश भएको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सिंहदरबारका कर्मचारीको उकुसमुकुस

खरिदारदेखि उपसचिव तहका २८ कर्मचारीको सरुवा

विष्णु अग्रवालविरुद्ध कर छली र भन्सार छलिको आरोपमा प्रधानमन्त्री कार्यालयमा उजुरी

वैदेशिक रोजगार विभागका नायब सुब्बाविरुद्ध घुस मुद्दा दायर

मन्त्रिपरिषद्को बैठक सुरु

बजारमा मालवस्तुकाे एमआरपी र बिलबिजक : अवसर र चुनौती

कर्मचारीको मनोबल बढ्दै छ कि गिर्दै ?

सचिवज्यू यस्तै हुन्छ सुशासन ?

बिशेष