रघुवीरभन्दा तल बसेर मन्त्री नखाने उपेन्द्रको अडान

मर्यादाक्रमको बिषयमा कुरा नमिल्दा उपेन्द्र यादवको सत्तारोहण यात्रा लम्बिरहेको छ । अहिले मर्यादाक्रममा प्रधानमन्त्री प्रचण्डपछिको रघुविर महासेठलाई राखिएको छ । त्यसपछि अर्का उपप्रधान एवम् परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठको वरीयता रहँदा अर्का उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको चौथो परीयता रहेको छ ।

बिज्ञापन

जसपाबाट दुई मन्त्री र एक राज्यमन्त्रीसहित सरकारमा सहभागिता जनाउने भनिए पनि मर्यादाक्रमका कारण उपेन्द्रले किचलो निकालिरहेका छन् । उपेन्द्रले मन्त्रीहरुको वरियतामा रघुवीर महासेठभन्दा आफूलाई माथि रहनुपर्ने अडान लिएपछि प्रधानमन्त्री प्रचण्ड नै अप्ठेरोमा परेका छन् । तर, एमाले अध्यक्ष ओली उपेन्द्रको मागमा सकरात्मक छैनन् ।

बिज्ञापन

क्याबिनेटमा अहिले नै तीन उपप्रधानमन्त्री छन् । रघुवीर, नारायणकाजी श्रेष्ठ र रवि लामिछानेको क्रमशस् पहिलो दोस्रो र तेस्रो वरीयता तोकिएको छ । दलीय हैसियतका आधारमा उपप्रधानमन्त्रीको वरीयता तय गरिएकाले यौटै पार्टीमा हुँदा नारायणकाजी भन्दा निकै तल रहेका रघुवीर क्याबिनेटमा भने माथि परेका हुन् । तत्कालीन नेकपामा नारायणकाजी सचिवालय सदस्य रहँदा रघुवीर केन्द्रीय सदस्य मात्रै थिए ।माग सम्बोधन नभएको खण्डमा उपेन्द्र आफ्नै नेतृत्वमा सरकारमा सहभागि हुन्छन् वा अरुलाई पठाउँछन्,हेर्न बाँकी छ । यस अघि पार्टीका अध्यक्ष उपेन्द्र यादब र नवलकिशोर साह मन्त्री बन्ने निर्णय भइसकेको छ। साथै, दीपक कार्की राज्यमन्त्री हुनेछन् । उपेन्द्र यादबलाई उपप्रधानसहित स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिन लागिएको छ । साह वनमन्त्री बन्नेछन् ।बाँकी रहने राज्यमन्त्री पद नेकपा एमाले र माओवादीले बाँडेर लिने तय भएको छ ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

फ्लाइङ कार’ को नाममा ड्रोन देखाएर प्रधानमन्त्री ओलीसम्म झुक्याइयो

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

नाडा अटो शोको बदनाम खेल—उड्ने कार भन्दै ड्रोन प्रदर्शन

सरकारी कर्मचारी काममा भन्दा बढी लोकसेवा पढ्नमा ब्यस्त देखिए: मन्त्री न्यौपाने

प्रकाशचन्द्र खतिवडाको कविता : साम्यवाद

पालिका अध्यक्षद्धारा गर्भवती महिलाको उद्धार

मन्त्री सुडी र सचिव बस्नेतबीच कार्यसम्पादन सम्झौता

शहरीमा भद्रगोल :दुई दर्जन कर्मचारी बरण्डामा, दर्जन कर्मचारीलाई दोहोरो जिम्मेवारी र निमित्त

बिशेष