“कर्मचारी सरुवाको अधिकार लोकसेवालाई दिऔं”

लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनालीले कर्मचारी सरुवाको अधिकार लोकसेवा आयोगलाई दिन प्रस्ताव गरेका छन् । कर्मचारी सरुवामा अहिले भइरहेको हल्लाको हल्लाई,चलाको चलाई नगर्ने र सरुवालाई व्यवस्थित गर्नुपर्ने उनले सुझाएका हुन ।उनले सरकार फेरिएसँगै कर्मचारीको सरुवा गर्ने प्रवृत्तिले कर्मचारीको पर्फमेन्स कमजोर हुन पुगेको बताए । सरुवालाई व्यवस्थित बनाउनका लागि लोकसेवा आयोगमा समिति बनाएर जाँच लिने व्यवस्था गर्न सकिने उनको सुझाव छ ।

बिज्ञापन

संघीय संसदको राज्यव्यवस्था तथा सुशासन समितिमा विद्येयकमा संशोधनकर्ताहरुलाई बोलाएर अहिले दफादार छलफल चलिरहेको छ । हिजोको छलफलमा पूर्व प्रशासकहरु उमेश मैनाली,पूर्व मुख्य सचिव विमल कोइराला र पूर्वप्रशासक जनकराज जोशी बोलाइएका थिए ।

बिज्ञापन

उनीहरुले संघीय निजामती सेवा विद्येयक विधेयक समयसापेक्ष र बदलिँदो परिस्थितिलाई समेट्ने गरी नआएको बताए । विद्येयक एकात्मक भएको भन्दै उनले असन्तृष्टि जनाए । विद्येयक संविधानको मर्म अनुसार नभएको भन्दै उनले प्रश्न गरे प्रदेशको सचिव केन्द्रले खटाउने व्यवस्था कुन धाराले दिन्छ ?

यस्तै विधेयक कर्मचारीमुखीमात्र भएको उनले बताए । विद्येयक सरकारी कर्मचारीहरूको वृद्धि विकास र सुरक्षामा केन्द्रित भए पनि कर्मचारीबाट जनताले के पाउने,जनताप्रति पारदर्शीता,उत्तरदायित्व र जवाफदेहिता कसरी बनाउने भन्नेतर्फ केन्द्रित नभएकोप्रति उनले असन्तृष्टि पोखे । कर्मचारीको उत्तरदायित्वसम्बन्धी छुट्टै कानुन चाहिन्छ भनेर निजामती विधेयकमै लेख्नुपर्ने सुझाव उनले दिए ।यस्तै,ज कर्मचारीलाई जनउत्तरदायी बनाउने कुरा गफमा सीमित भएको बताए । उनले कर्मचारीको कासमू सहि नभएको काम गरे पनि नगरे पनि कर्मचारीलाई एकै नम्बर दिएर मूल्यांकन गर्ने विषय गलत भएको तर्क गरे ।

बिज्ञापन

कर्मचारी सरुवाको अधिकार लोकसेवा आयोगलाई दिन समेत सुझाएका छन् । उनले कर्मचारी सरुवा व्यवस्थित बनाउनुपर्छ । सरुवाका लागि लोकसेवालाई अधिकार दिऔँ । कर्मचारी बढुवाको विषयमा कार्यकारी सर्भिसबाट लोक सेवाले योग्यताको परीक्षण गरेर बनाएको सूचीबाट सचिव हुनुपर्ने। अहिलेको जस्तो भद्रगोल रूपमा सचिव हुनु नहुने राय राखे । यस्तै कर्मचारी ट्ेड युनियन एउटा मात्र चाहिन्छ । १० वटा किन दिने ?

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कविता : कालो इतिहासको अवसान

मुख्य भन्सार प्रमुखहरुको सरुवा

लगनखेल मालपोत ‘कमाइको अड्डा’: सरुवा कागजमै, नासु बस्नेतको रजगज यथावत्

थवाङ यात्रामा जनयुद्ध र माओवादी कमरेडलाई यसरी सम्झियौ

स्वकीय सचिवको सुविधा निरन्तरता दिन सामान्यको परिपत्र

रास्वपाबाट समानुपातिक सूचीमा चन्द्र ढकालका छोरादेखि विदुषी राणासम्म

उद्योग विभागका महानिर्देशक परिवर्तन

तीन महिनामै गृहसचिवको सरुवा, कारण ‘सूचना चुहावट’?

बिशेष