‘अवकाशमा जान लागेका कर्मचारीहरूलाई माथिल्लो तहमा बढुवा गर्ने काम रोक्नुपर्छ’

सांसदहरूले अवकाशमा जान लागेका कर्मचारीहरूलाई माथिल्लो तहमा बढुवा गर्ने काम रोक्नुपर्ने सुझाव दिएका छन्।

बिज्ञापन

सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधनकर्ताहरुसँगको छलफलका क्रममा उनीहरूले केही दिनमा नै अनिवार्य अवकाशमा जान लागेका कर्मचारीलाई माथिल्लो तहमा बढुवा गर्दा थप पेन्सनको भार थपिने भएकाले यस्ता काम रोक्नुपर्ने सुझाव दिएका हुन्।

बिज्ञापन

माथिल्लो तहमा कर्मचारीको बढुवा गर्दा खुला प्रतिस्पर्धाको प्रतिशत बढाउनुपर्ने समेत सांसदहरूको सुझाव छ । बैठकमा सांसद अमरेश कुमार सिंहले निजामती सेवाबाट अवकाश प्राप्त भइसकेपछि विदेशको पिआर लिने र वर्षमा एक पटक आएर पेन्सन थाप्ने कामको अन्त्य हुनुपर्ने सुझाव दिए ।

अवकाशप्राप्तपछि विदेशको पिआर लिएर बस्नेलाई पेन्सन रोक्नुपर्ने उनले बताए ।  त्यस्तै उनले सम्मानको नाममा अवकाशमा जान लागेका कर्मचारीहरूलाई माथिल्लो तहमा बढुवा गर्ने प्रचलन समेत रोक्नुपर्ने उल्लेख गरे ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

बाढीबाट रसुवा- नुवाकोटका ६ हजार घर परिवार विस्थापित,बगे दर्जनौं सरकारी कार्यालय

स्थानीयका कर्मचारीको भदौं र माघमा सरुवा,पाँच बर्ष पूरा भएकालाई दोहोरो सहमति नचाहिने

निजामतीमा त्रास : ४ महिनामै झण्डै ५ सय कर्मचारीले रोजे स्वेच्छिक अवकाश

‘भदौं २२ मा सार्वजनिक बिदा छैन ‘: गृह प्रवक्ता

मन्त्रिपरिषद्का सात निर्णय : बढुवा,पदस्थापन, सार्वजनिक बिदादेखि जोखिम भत्तासम्म

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

बिशेष