पोखरामा ड्रागन बोर्ड रेस प्रतियोगिता हुदैँ

काठमाडौं । ड्रागन बोर्ड रेस प्रतियोगिताको दोस्रो संस्करण पोखराको फेवातालमा महोत्सवका रूपमा सञ्चालन हुन गइरहेको छ ।

बिज्ञापन

काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दैै प्रतियोगिताको दोस्रो संस्करण यही पौष १३ देखि १५ (डिसेम्बर २८–३०) सम्म हुन लागेको जानकारी गराईको हो ।

बिज्ञापन

गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपाल स्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल ड्रागन बोट एसोसिएसन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एसोसिएसनको सह आयोजनामा हुन लागेको यस प्रतियोगितामा नेपालका ११, मित्रराष्ट्र चीनका ८ र मित्रराष्ट्र सिङ्गापुरको १ गरी कुल २० समूहको सहभागिता रहनेछ ।

मित्र राष्ट्र चीनमा अत्यन्त लोकप्रिय रहेको ऐतिहासिक ड्रागन बोर्ड रेस प्रतियोगिता गत वर्ष देखि औपचारिक प्रतियोगिताका रूपमा पोखराको फेवा र वेगनासतालमा सञ्चालन गरिंदै आइरहेको छ । दर्जनौं राष्ट्रिय र अन्तर्राष्ट्रिय समूहहरूले सहभागिता जनाउने यस प्रतियोगिता पोखरामा पनि लोकप्रिय बन्दै गइरहेको छ ।
प्रतियोगिताले नेपाल चिन दुईपक्षिय सम्बन्धमा नयाँ आयाम थप्ने, पोखरामा वाटर स्पोर्टसका नयाँ सम्भावनाहरूको खोजीमा सहयोग गर्ने, पोखराका तालहरूलाई आकर्षणको केन्द्रका रूपमा विकास गर्ने, पोखरा र आसपासको पर्यटन विकासमा टेवा पुराउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ ।

बिज्ञापन

पोखरामा हिमाल, ताल तलैया, गुफा, मठ मन्दिर सँगै सयौं भाषा, कला र सास्कृतिक विविधताले पोखरा सुशोभित छ । पछिल्लो समय पोखरा ड्रागन बोट रेस प्रतियोगिता, प्याराग्लाइडिङ, बन्जी, जिप फ्लायर, हट एयर बेलुन, स्काई डाईभिङ लगायतका साहसिक तथा मनरोञ्जनपूर्ण खेलहरूले आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षण बढाइरहेका छन् । पोखरा लगायत समग्र गण्डकी प्रदेशको आर्थिक समृद्धि, स्वरोजगार तथा आत्मनिर्भरताका लागि पोखराको पर्यटनलाई योजनाबद्ध रूपमा अगाडि बढाउन जरुरी छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

योग्यतम अफिसरहरूले किन दिँदैछन् भटाभट राजीनामा ?

बाढीबाट रसुवा- नुवाकोटका ६ हजार घर परिवार विस्थापित,बगे दर्जनौं सरकारी कार्यालय

स्थानीयका कर्मचारीको भदौं र माघमा सरुवा,पाँच बर्ष पूरा भएकालाई दोहोरो सहमति नचाहिने

निजामतीमा त्रास : ४ महिनामै झण्डै ५ सय कर्मचारीले रोजे स्वेच्छिक अवकाश

‘भदौं २२ मा सार्वजनिक बिदा छैन ‘: गृह प्रवक्ता

मन्त्रिपरिषद्का सात निर्णय : बढुवा,पदस्थापन, सार्वजनिक बिदादेखि जोखिम भत्तासम्म

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

बिशेष