नेपालमा कर्मचारी धेरै भएः लोकसेवा अध्यक्ष रेग्मी

लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मीले नेपालमा कर्मचारीको संख्या घटाउन सकिने बताएका छन् । बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा कर्मचारीको संख्या घटाउने विषय ज्यादै महत्त्वपूर्ण र गम्भीर विषय भएको बताए ।

बिज्ञापन

संघीय निजामती विधेयकमाथिको छलफलमा नेपाली कांग्रेसका सांसद हृदयराम थानीले नेपालमा कर्मचारीको संख्या आवश्यकता भन्दा दोब्बर बढी रहेको, यसलाई घटाउन मिल्ने कि नमिल्ने भन्दै उनले प्रश्न गरेका थिए ।

बिज्ञापन

जवाफमा आयोगका अध्यक्ष रेग्मीले संविधान कार्यान्वयन गर्न केके गर्ने भन्दा कर्मचारीको संख्याको विषयमा सुझाव दिएका थिए । संघमा ३२ हजार कर्मचारी, प्रदेशमा २२ हजार कर्मचारी र स्थानीय तहमा ४५ हजार कर्मचारी भयो भने नेपालको जनसंख्या अनुसार सेवा सुविधा प्रदान गर्नका लागि पुग्छ भनेर स्पष्ट पारे ।

बढी दरबन्दी राख्दा पनि काठमाडौं केन्द्रित कर्मचारी रहने अवस्था रहेको भन्दै उनले यसमा पनि प्रश्न गरे । यस्तो समस्या समाधानका लागि अनुकूल कानुन बन्नुपर्ने उनको आग्रह छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

क्यानको महानिर्देशक बन्न मन्त्रालयका सहसचिवदेखि क्यानकै उपमहानिर्देशक प्रतिष्प्रर्धामा

साइबर बुलिङमा परेका उपसचिवलाई साता दिनपछि राहत

ट्रेड युनियन खारेजीको निर्णय अमान्य,कानुनी लडाइँ लड्ने तयारी

ट्रेड युनियन अधिकार कटौती प्रति कर्मचारी संगठनहरूको कडा आपत्ति, आन्दोलनको चेतावनी

पर्यटन मन्त्रालयका ३३ पदाधिकारी पदमुक्त

ऊर्जा मन्त्रालयका उच्च पदाधिकारी एकैपटक पदमुक्त, अध्यादेशपछि व्यापक प्रभाव

सम्पत्ति शुद्धीकरणको राडारमा सीईओ,सञ्चालक समितिले गर्यो पदमुक्त

प्रदेश मुख्यमन्त्रीको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरणको छापा

बिशेष