बालिका बलात्कार आरोपमा पूर्वमेयर शिवाकोटी पक्राउ

झापा, बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटी जबरजस्ती करणी अभियोगमा पक्राउ परेका छन्।

बिज्ञापन

घरेलु कामदार १७ वर्षीया बालिकामाथि जबरजस्ती गरेको अभियोगमा उनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ। झापा प्रहरीका प्रवक्ता डिएसपी कृष्णकुमार चन्दका अनुसार पीडित बालिका कलेज पोसाकमै काँकडभिट्टा नाकाबाट भारतको पानीट्यांकीतिर जाँदै गर्दा उनलाई आफन्त नेपाल नामक संस्थाका प्रतिनिधिहरूले रोकेर सोधपुछ गरेका थिए ।

बिज्ञापन

झापाको काँकडभिट्टाबाट उद्धार गरिएकी १७ वर्षीया बालिकाको बयानका आधारमा प्रहरीले शिवाकोटीलाई सोमबार पक्राउ गरेको हो ।

प्रहरीले दिएको जानकारीअनुसार बालिकाको बुबा छैनन् । आमा भारत बस्छिन् । ती बालिकालाई घरको काम गरिदिने र पढाइ दिने शर्तमा घरेलु कामदार राखिएको थियो । दुर्व्यवहारपछि उनी कलेज ड्रेसमै काँकडभिट्टा हुँदै भारत आमाकहाँ जान खोज्दै थिइन्, त्यसबेला प्रहरीको सहयोगमा उद्धार गरिएको थियो ।

बिज्ञापन

शिवाकोटी २०७४ सालको चुनावमा नेकपा (एमाले)बाट बिर्तामोड नगरपालिकाको मेयर निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सुशीला-गौरीबहादुर कार्कीदेखि रास्वपाका १५ सांसदमाथि अनुसन्धान गर्न सिफारिस

‘रवि लामिछाने जेलबाट भाग्नु फौजदारी अपराध,रवि र यी नेतामाथि अनुसन्धान गर्नु’:मानव अधिकार आयोग

विपद् प्राधिकरणमा कोइराला, राष्ट्रिय परिचयपत्र विभागमा पौडेल

सम्पत्ति छानबिन आयोगले थाल्यो काम :माग्यो कर्मचारी र पदाधिकारीको विवरण

२४०० कार्टुन लोड, ५९१ मात्रै बरामद : बाँकी भेप कहाँ गायब ?

तीन विभाग रिक्त,शक्तिशाली दुई सहसचिव प्रदेशतिर

चार सहसचिवलाई खटाइयो स्थानीय तह,कान्छी सहसचिवको सामान्यमै पदस्थापन

२९ सहसचिवहरूको सरुवा

बिशेष