हिमाल आरोहणबाट राजस्वमा उल्लेख्य बृद्धि

काठमाडौं । पर्यटन विभागले २०२४ को आठ महिना (अगष्ट १ देखि डिसेम्बर १ सम्म) का लागि आरोहण राजस्वमा उल्लेखनीय वृद्धि देखाएको छ । विभागका महानिर्देशक डा. नारायण प्रसाद रेग्मीका अनुसार २०२४ मा आरोहणबाट रु ८.५९ करोड ९७ लाख ३६५.४ को राजस्व संकलन भएको छ । तर २०२३ मा यो संख्या ७.८५ करोड मात्र थियो ।

बिज्ञापन

आरोहण अनुमतिको संख्या १६३ रहेको छ, जसमा आरोहण गर्नका लागि अनुमति प्राप्त हिमाल ४७ र देशगत आरोहण विवरण ७३ छन् ।कुल आरोही संख्या २२४५ रहेको छ, जसमा ३०१ महिला र १९४३ पुरुष छन् । यस वर्ष सफल आरोहण गर्ने महिला ८२ र पुरुष ५४३ जना रहेका छन् ।यस वर्ष आरोहणका क्रममा ८ जनाको मृत्यु भएको छ । कुम्भकर्ण हिमालमा १, धौलागिरीमा ५, लाङ्टाङ लिरुङमा १ र पान्ध्रा हिमालमा एक पोर्टरको निधन भएको विभागले जनाएको छ । मृतकहरूको शव काठमाडौं ल्याउन विभाग र एजेन्सीले बैठक बसेर सम्बन्धित दूतावासमार्फत आफन्तलाई बुझाएका छन् ।

बिज्ञापन

२०२३ मा आरोहण अनुमति संख्या १७४, आरोहण लिएका हिमाल ५४ र देशगत आरोहण विवरण ७६ रहेका थिए । यस वर्षको तुलनामा २०२३ मा जम्मा आरोहीको संख्या २४०७ थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

बढुवाका यी पाँच विज्ञापनमा ‘शून्य’ आवेदन

के संघीय निजामती सेवा ऐन प्रगतिशील छ ?

संघीय सचिवालय निर्माण कार्यालयमा कोटेसनको नाउँमा ठेक्काको खेल : हाकिमदेखि स्टोरकिपरसम्मको संलग्नता

कुलिङ पिरियडमा छलछाम : प्रधानमन्त्री फर्केपछि मात्रै छानबिन

मध्यरातमा संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्ति सदर,दुई न्यायाधीशको फरक मत

कुलिङ पिरियड प्रकरणले संसदीय समितिमा हंगामा,सबै ‘पानी माथिको ओभानो’

राष्ट्रिय सभामा टेबुल भयो संघीय निजामती सेवा विद्येयक

एमालेले माग्यो समिति सभापति खतिवडा र सचिव दुराको राजीनामा

बिशेष