गढीमाई मेलामा आज बोकाको बलि: व्यवस्थापनमा अव्यवस्थित

सञ्जय मिश्रा । बारा बरियारपुर स्थित लागेको बिश्व प्रसिध्द पंचवर्षीय गढीमाई मेलाको आज दोस्रो मुख्य दिन बोकाको बली प्रदान बिहानै देखि सुरु भएको छ।

बिज्ञापन

भाकल पूरा भएर बोकाको बली चढाउन नेपालका साथै भारतको बिभिन्न स्थानबाट आज लाखौं मानिस गढीमाई मेलामा आउने क्रम जारी रहेको छन्।

बिज्ञापन

बोका लिएर आउने मानिसको आज बिहानै देखि घुईचो लागेको छ। गढीमाई मेलाको चौतर्फी बाटो हुँदै बोका लिएर आउने हजारौँ मानिसको घुईचो देखिएको छ। तर ट्राफिक व्यवस्थापन फितलो भएको कारण बोका लिएर आउने मानिस कठिनाईका परिरहेको देखिएको छ।

पंचवर्षीय गढीमाई मेलामा बिगतको तुलनामा ट्राफिक व्यवस्थापन चुस्त दुरुस्त रहेको आयोजकको भनाई यथार्थमा बिपरित देखिन्छ। नेपालको मुख्य द्वार विरगन्ज कलैया हुँदै बघवन चौक सम्मको ट्राफिक व्यवस्थापन राम्रो देखिन्छ। तर बघवन गाउँ छेउ पसाहा नदीको पुल देखी मेलासम्मको ट्राफिक व्यवस्थापन फितलो रहेको छ।

बिज्ञापन

जता ततै बाट गलत साईडमा आएको सैयौं मोटरसाईकल, टेम्पो, बस, जिप, ट्याक्टरले पसाहा पुल बिहानै देखी पुर्ण रुपमा अवरुद्ध भएको छ।

बिहान ७ बजेदेखी नै बोका लिएर सैयौं भक्तजन पुल माथी अलपत्र परेका छन्। कैयौं मानिस पुलको तल बाट पानी हुँदै बोका लिएर गढीमाई मन्दिर तर्फ बढेको देखिन्छ। आईतवार साँझ पसहा पुलमा झण्डै १ घन्टा पैदल मानिस हिंड्ने अवस्था थिएन।

त्यसैगरी आईतवार बेलुकी ६ बजे पछी मेलाको चौतर्फी ट्राफिक ब्यवस्था अलपत्र देखिएको थियो। पंचवर्षीय गढिमाई मेलाको अवसरमा मेला लागेको स्थान बरियारपुर देखी १५!२० किलोमिटर टाढा देखिनै सवारी साधनको अत्यधिक चाँप देखिएको छ।बारा महागढीनाई नगरपालिका १ बरियारपुर स्थित विश्व प्रसिद्ध गढीमाई मेला मंसिर  १ गते देखि सुरु भएको छ। गढीमाई मेलाको मुख्य दिन हिजो आईतवार करीब १० हजार राँगाको बली प्रदान गरिएको मेला आयोजक समितिले जनाएको छ ।

मन्दिरका मूल पुजारी मंगल चौधरी संग मिलेर बिशेष पूजा गरेपछि मूल तान्त्रिक रौतहट गुजरा नगरपालिका ३ सिमारी गाउँका उमाशंकर कछाडिया धामीले आफ्नो सरीरको ५ स्थानबाट रगत निकालेर देवीलाई चढाएपछि पशु बली सुरु भएको थियो। मूल तान्त्रिक ले आफ्नो सरीरबाट रगत निकालेर चढाउने विधिलाई नर बली भन्ने गरिन्छ ।

समाजसेवी त्रिपाठीका अनुसार मेलामा बली प्रदान गरिएको बोकाको संख्या भने यकिन हुने अवस्था देखिएन। बघवनका समाजसेवी हरिनारायण त्रिपाठीले मेलाको पश्चिम बाट पसाहा नदीको पारी जता पनि बोकाको बली दिइन्छ।

त्यस्तै पूर्व , उत्तर दक्षिण तर्फ बाट बोका लिएर आउने भक्तजनले महा गढीमाई नगरपालिका भित्र कुनै पनि स्थानमा गढीमाईको नामले बली दिने ब्यवस्था गरिएको छ। तथापी पंचवर्षीय बिश्व प्रसिध्द गढीमाई मेलामा भाकल पूरा भएका लाखौं मानिस बोका ल्याएर बली दिएर जान्छन तर संख्या यकिन नहुने समाजसेवी त्रिपाठीले जानकारी दिएका छन्।

तर पनि अनुमानको आधारमा ५० हजार भन्दा बढी बोकाको बली र एकलाखको हाराहारीमा गढीमाई मन्दिरमा परेवा उडाउने गरेको उनको भनाई रहेको छ।विश्वमै पशु बलिको रुपमा प्रख्यात रहेको बरियारपुर गढीमाई मेलामा  अहिले सम्म देश बिदेश बाट दर्शनार्थीहरु आउने क्रम जारी रहेको  छ । यस बर्षको मेलामा करिब ३ करोड दर्शनार्थी मेलाको अवलोकन गर्ने मेला समितिले अनुमान गरेको छ ।

पुत्र लाभ, असाध्य रोग निको हुन, कुनै दुर्घटना हुँदा वा अचानक बिरामी पर्दा निको पार्न अभिभावकले गढिमाई मन्दिरमा परेवा उडाउने, बोका, राँगाको बली चढाउने भाखल गर्दछन्।

विश्व प्रसिद्ध गढीमाई मेला प्रत्येक पाँच बर्षमा लाग्ने गर्छ ।मंसिर  १ गते देखि सुरु भएको गढीमाईको मेला मंसिर ३० गते सम्म चल्ने छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

योग्यतम अफिसरहरूले किन दिँदैछन् भटाभट राजीनामा ?

बाढीबाट रसुवा- नुवाकोटका ६ हजार घर परिवार विस्थापित,बगे दर्जनौं सरकारी कार्यालय

स्थानीयका कर्मचारीको भदौं र माघमा सरुवा,पाँच बर्ष पूरा भएकालाई दोहोरो सहमति नचाहिने

निजामतीमा त्रास : ४ महिनामै झण्डै ५ सय कर्मचारीले रोजे स्वेच्छिक अवकाश

‘भदौं २२ मा सार्वजनिक बिदा छैन ‘: गृह प्रवक्ता

मन्त्रिपरिषद्का सात निर्णय : बढुवा,पदस्थापन, सार्वजनिक बिदादेखि जोखिम भत्तासम्म

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

बिशेष