सुन तस्करको नयाँ ट्रान्जिट :- फेरि पक्राउ परे अर्काे रसुवाली

पछिल्लो समय रसुवा नाका सुन तस्करहरुका लागि ट्रान्जिट बन्न पुगेको छ । आजै मात्र रसुवागढीबाट २४७ दशमलव ९७ ग्राम सुन सहित रसुवाकै एक व्यक्तिलाई पक्राउ गरेको छ । बिहान १० बजेको समयमा रसुवागढीबाट नेपाल छिर्दै गरेका मिङ्मर छिरिङ तामाङको साथबाट २४८।०४ ग्राम सुन बरामद भएको जनाइएको छ।

बिज्ञापन

केरुङबाट नेपालतर्फ आउदै गरेको पैदलयात्रीको साथबाट उक्त परिणामको सुन सहित ती व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको रसुवा प्रहरीले जनाएको छ । गोसाईकुण्ड गाउँ पालिका वडा नं १ थुमन बस्ने ४१ बर्षका मिङमार छिरिङलाई इलाका प्रहरी कार्यालय टिमुर रसुवा र प्रहरी चौकी रसुवागढीबाट खटिएको टोलि, रसुवा भन्सार कार्यालय र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा उनको साथबाट एक थान बेरुवा औठी र कम्मरमा बाध्ने छालाको जस्तो देखिने कम्मर पेटि बेल्टको बकल सुन जस्तो देखिने पहेंलो धातुको बनाई बाहिर कालो रङ लेपन गरेर ल्याइरहेको सुन बरामद गरेको प्रहरीले जनाएको छ ।
अन्दाजी २४७ दशमलव ९७ ग्रामको उक्त सुनको मूल्य झण्डै ३२ लाख पर्ने जनाइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

राष्ट्रिय किताबखानाको नयाँ व्यवस्था : एक पटक दिएको व्यक्तिगत विवरण फेरि भर्नु नपर्ने, प्रणालीमै स्वतः भरिने

आगामी आर्थिक वर्षमा १६६ विधेयक संसदमा पेस गरिने

करार तथा दैनिक ज्यालादारी कर्मचारीलाई नहटाउन सांसद राईको माग

प्रधानमन्त्रीका सल्लाहकारसँग करार कर्मचारीको सहमति

अवकाशको मुखमा अख्तियार

६ सचिवको सरुवा,अख्तियारमा शर्मा

६० हजार करार कर्मचारी हटाउने प्रस्ताव तयार,काम छाडेर धर्नामा उत्रिए कर्मचारी

कर्णाली प्रदेश सरकारमा किचलो : चार मन्त्रीले दिए राजीनामा

बिशेष