सरकारी जागिर लगाइदिन्छु भन्दै ६ लाख ठगी,नासुविरुद्ध प्रहरीले चलायो मुद्धा

 

बिज्ञापन

सरकारी जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक कर्मचारी पक्राउ परेका छन् । सप्तरीको बोदेबरसाइन नगरपालिकामा कार्यरत नासु यस्तो ठगी धन्दामा मुछिएको फेला परेसँगै प्रहरीले उनलाई पक्राउ गरेर मुद्धा चलाएको छ ।

बिज्ञापन

हाल सप्तरीको बोदेबरसाइन नगरपालिकामा कार्यरत नासु यशोदानन्द भिन्डवारले राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा जागिर लगाइदिने प्रलोभनमा ६ लाख ३३ हजार ठगी गरेको थाहा भएको छ ।

उनले पर्साका राजकुमार चौधरीलाई राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा सहायक वैज्ञानिक पदमा जागिर लगाइदिने भन्दै ठगी गरेका हुन्। बिएस्सी तहको अध्ययन पूरा गरी बेरोजगार रहेका चौधरीलाई आफ्नो पहुँच रहेको भन्दै जागिर लगाइदिने आश्वासन दिएर पटक पटक गरी ६ लाख ३३ हजार ठगी गरेको जनाइएको छ ।

बिज्ञापन

उनै नायब सुब्बाविरुद्ध प्रहरीले मुद्दा दायर गरेको छ। यशोदानन्द भिन्डवारलाई ललितपुर प्रहरीले पक्राउ गरी ठगी मुद्दा दायर गरेको हो। ललितपुरको प्रहरी वृत्त सातदोबाटोले उनलाई मुद्दा दायर गरेको छ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

योग्यतम अफिसरहरूले किन दिँदैछन् भटाभट राजीनामा ?

बाढीबाट रसुवा- नुवाकोटका ६ हजार घर परिवार विस्थापित,बगे दर्जनौं सरकारी कार्यालय

स्थानीयका कर्मचारीको भदौं र माघमा सरुवा,पाँच बर्ष पूरा भएकालाई दोहोरो सहमति नचाहिने

निजामतीमा त्रास : ४ महिनामै झण्डै ५ सय कर्मचारीले रोजे स्वेच्छिक अवकाश

‘भदौं २२ मा सार्वजनिक बिदा छैन ‘: गृह प्रवक्ता

मन्त्रिपरिषद्का सात निर्णय : बढुवा,पदस्थापन, सार्वजनिक बिदादेखि जोखिम भत्तासम्म

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

बिशेष