समय नपुगि कर्मचारीलाई सरुवा गरेको भन्दै मन्त्रालयको गेटमा धर्ना

काठमाडौं । स्वतन्त्र निजामती कर्मचारी अभियानको केन्द्रीय संयोजक पशुपति पोखरेलले मंसिर १७ गतेदेखि सहरी विकास मन्त्रालयको गेट अगाडि उभिएर धर्ना दिइरहेको छ ।

बिज्ञापन

उनले सहरी विकास मन्त्रालयले समय नपुगि कर्मचारीलाई सरुवा गर्ने काम गरेको भन्दै मंसिर १७ गतेदेखि आजसम्म निरन्तर रुपमा दिनको ४ घण्टा धर्ना बस्ने गरेको छ ।

बिज्ञापन

उनले भने, ‘मंसिर १७ गतेदेखि दिनको ११ बजेदेखि ३ बजेसम्म सहरी विकास मन्त्रालयको गेट अगाडि उभिएर धर्ना दिइरहेको छु । सहरी विकास मन्त्रालयले समय नपुगिकन कर्मचारीलाई सरुवा गर्ने काम गर्छ । डिजि देखि आयोजना प्रमुखहरु फेरेर विकासको काम गर्नुपर्ने ठाँउमा कर्मचारीलाई उथलपुथल तलकाथि पारेर लेनदेनको काम गरेर कर्मचारीको सरुवा गर्ने काम गर्छ ।’

निश्चित मापदण्ड बनाएर सरुवा गर्ने काम गर्नुपर्ने भन्दै ऐन नियम विपरित गरिएका, सरुवाहरु बदर गर्नुपर्ने पनि उनको माग रहेको छ ।

बिज्ञापन

उनले भने, ‘यसलाई निश्चित मापदण्ड बनाएर सहरी विकास मन्त्रालयले यस्ता काम गर्नुपर्छ भनेर यहाँ बसेको छु । कर्मचारीहरुलाई राम्रो तरिकाले काम गर्न दिनुपर्छ । ऐन नियम विपरित गरिएका, अवधि नपुगि गरेका सरुवाहरु बदर गर्नुपर्छ ।’

यसको साथै, उनले विकास गर्ने मन्त्रालय विकासको बाटो छोडेर हिनेको भन्दै सुशासनको लागि धर्ना बसेको पनि बताए ।

उनले भने, ‘सहरी विकास मन्त्रालय भनेको एउटा विकास गर्ने मन्त्रालय हो । विकासको बाटो कोर्नुपर्ने ठाँउमा कर्मचारीको सरुवा तिर लागि रहेको छ । यस कारण सुशासनको लागि म यसरी धर्ना बसेको छु । यो काम पूरा नभएसम्म निरन्तर रुपमा लाग्नेछु ।’

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष