मदिरा तस्करको गाडीको ठक्करबाट सशस्त्रका सई यादव मृत्यु

सिरहाको बरियारपट्टी गाउँपालिका- १ कचनारीमा मदिरा तस्करी गर्ने गाडीको ठक्करबाट सशस्त्र प्रहरीका सई लक्ष्मणप्रसाद यादवको मृत्यु भएको छ।

बिज्ञापन

मृतक यादव बीओपी बरहरीमा कार्यरत थिए। ड्युटीमै रहेका बेला आज बिहान करिब ३ बजे नम्बर खुल्न नसकेको चारपाङ्ग्रे गाडीको ठक्करबाट उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी वीरेन्द्र पासवानले जानकारी दिए।

बिज्ञापन

भारतसँग सीमा जोडिएको सिरहाको बरियारपट्टी गाउँपालिका–१ कचनारीमा ड्युटीमा रहेका बेला सई यादवलाई नम्बर नखुलेको स्कार्पियो गाडीले आज बिहान ३ बजे ठक्कर दिएको थियो । गाडीको ठक्करबाट सई यादवको घटनास्थलमै मृत्यु भएको सिरहा प्रहरीले जनाएके छ । गाडी रोक्न खोज्दा उल्टै गाडी ठक्कर दिएर भारततर्फ भागेको डीएसपी पासवानले बताए । मृतक सई यादव बीओपी बरहरीमा कार्यरत थिए ।

मृतक सई यादवको शव पोष्टमार्टमका लागि लहानस्थित प्रादेशिक अस्पतालमा राखिएको छ ।मृतक सईका आफन्त र लहानवासीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका हुन् ।उनीहरुले टायर बालेर राजमार्ग अवरुद्ध पारेपछि अहिले पूर्वपश्चिम राजमार्ग ठप्प छ । जसले गर्दा सयौं सवारीसाधन बीच बाटोमै रोकिएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

राष्ट्रिय किताबखानाको नयाँ व्यवस्था : एक पटक दिएको व्यक्तिगत विवरण फेरि भर्नु नपर्ने, प्रणालीमै स्वतः भरिने

आगामी आर्थिक वर्षमा १६६ विधेयक संसदमा पेस गरिने

करार तथा दैनिक ज्यालादारी कर्मचारीलाई नहटाउन सांसद राईको माग

प्रधानमन्त्रीका सल्लाहकारसँग करार कर्मचारीको सहमति

अवकाशको मुखमा अख्तियार

६ सचिवको सरुवा,अख्तियारमा शर्मा

६० हजार करार कर्मचारी हटाउने प्रस्ताव तयार,काम छाडेर धर्नामा उत्रिए कर्मचारी

कर्णाली प्रदेश सरकारमा किचलो : चार मन्त्रीले दिए राजीनामा

बिशेष