कर्मचारीसँग स्वास्थ्य मन्त्री पौडेलः सबैभन्दा धेरै खर्च गर्ने मन्त्रालय बनाऔं

काठमाडौः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रथम त्रैमासिकको समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक सम्पन्न गरेको छ ।बैठकमा मन्त्रालयले प्रथम चौमासिकमा गरेका कामहरुको समीक्षा गरिएको थियो । समीक्षा कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पुँजीगत खर्च कम भएको भन्दै यसलाई बढाउन कर्मचारीहरुसँग आग्रह गरे ।

बिज्ञापन

पुँजीगत खर्च कम हुनु गम्भीर समस्या हो, यसमा सबैलै समीक्षा गरौं, उनले भने, स्वास्थ्य मन्त्रालयलाई सबैभन्दा धेरै बजेट खर्च गर्ने मन्त्रालयका रुपमा हामी विकास गराऔं ।मन्त्री पौडेलले आम नागरिकलाई सहज स्वास्थ्य सुविधा प्रदान गर्नु आफ्नो लक्ष्य भएको उल्लेख गर्दै हाल थपिएका निःशुल्क उपचारलगायतका सुविधामा कमसे कम भार पर्ने गरी काम गरिएको बताए । ‘पपुलिष्ट बन्न हैन, कम भार थपेर नागरिकलाई सजिलो पार्न निःशुल्क सेवा थपेका हौं’‘पपुलिष्ट हुन निर्णय गरेका हैनौं,’ उनले भने, ‘आम नागरिकलाई सहज सुविधा दिन गरिएका निर्णय आन्तरिक श्रोतबाटै व्यवस्थापन गरेका छौं । राज्यलाई कम भार पर्ने गरी श्रोत निश्चित भएका निर्णय मात्र गरेका छौं ।’
‘१० दिनभित्र पुँजीगत खर्च बढाउने योजनासहित आउनुस्’स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले अबको १० दिनमा पुँजीगत खर्च तथा सुधार योजना लिएर आउन कर्मचारीसँग आग्रह गरे ।

बिज्ञापन

‘प्रथम चौमासिक गयो । म आएको पनि ४ महिना भयो,’ मन्त्री पौडेलले भने, ‘खर्चमा प्रगति सोचेजस्तो भएन । खर्च हुन बाँकीको टेन्डर गरेर काम थाल्न अब ढिला नगरौं ।’ ‘साना अस्पताल थप्ने भन्दा भएकालाई राम्रोसँग चलाऔं’मन्त्री पौडेलले तीन तहले नै स्वास्थ्य क्षेत्रमा काम गरिरहेको भन्दै अब साना अस्पताल स्थानीय तहले नै निर्माण गर्ने भएकाले आफूहरुको ध्यान जिम्मा लिएर काम सक्न बाँकीमा केन्द्रीत गर्न आग्रह गरेका छन् ।‘भएका अस्पतालमा आवश्यक सुविधा भएको सुनिश्चित गरौं,’ मन्त्री पौडेलले भने, ‘अस्पताल हुने, उपकरण नहुने तर साना अस्पताल थपिने अवस्था कम गरौं । वारि पनि पारी अस्पताल पनि हुनु भएन । भएकालाई राम्ररी कसरी चलाउने भन्नेतर्फ हामीले ध्यान दिनुपर्छ ।’

देशको आर्थिक अवस्था हेरेर धेरै दरबन्दी थप्न सकिने अवस्था नरहेकोतर्फ ध्यान दिन आग्रह गर्दै मन्त्री पौडेलले भने, थप गर्न नसकिने अवस्थामा न्यूनतम दरबन्दीबाट सकेको सेवा दिने गरी काम गरौं । त्यस्तो अवस्थामा आवश्यक न्यूनतम जनशक्ति उपलब्ध हुनेछ ।‘३ महिना बढी पालो पर्खनुपरेको गुनासो आएको छैन’ मन्त्री पौडेलले ४८ घण्टा भन्दा बढी फाइल नरोक्न कर्मचारीलाई भनेका छन् ।अर्थ, कानून भनेर कुनै फाइल ४८ घन्टा बढी रोकिन भएन, उनले भने, सरकारी कामको यो रवैया हुनु भएन । मन्त्री पौडेलले आफूले परीक्षणका लागि ३ महिना बढी पालो कुर्न परे फोन गर्न भनेको भन्दै हालसम्म ३ वटा मात्र फोन आएको कुराले केही सुधार भैरहेको शंकेत गरेको पनि बताए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

लिखतसम्बन्धी कसुरमा कम्युटर अपरेटर पक्राउ

त्रिशूली ३ ए को सुरूङबाट २ जनाको जीवितै उद्धार

योग्यतम अफिसरहरूले किन दिँदैछन् भटाभट राजीनामा ?

बाढीबाट रसुवा- नुवाकोटका ६ हजार घर परिवार विस्थापित,बगे दर्जनौं सरकारी कार्यालय

स्थानीयका कर्मचारीको भदौं र माघमा सरुवा,पाँच बर्ष पूरा भएकालाई दोहोरो सहमति नचाहिने

निजामतीमा त्रास : ४ महिनामै झण्डै ५ सय कर्मचारीले रोजे स्वेच्छिक अवकाश

‘भदौं २२ मा सार्वजनिक बिदा छैन ‘: गृह प्रवक्ता

मन्त्रिपरिषद्का सात निर्णय : बढुवा,पदस्थापन, सार्वजनिक बिदादेखि जोखिम भत्तासम्म

बिशेष