सीटीईभीटी उपाध्यक्ष बरालले गरे पदभार ग्रहण

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)को उपाध्यक्षमा ओमप्रसाद बरालले पदभार ग्रहण गरेका छन् । सोमबार उनले पदभार ग्रहण गरेका हुन् ।

बिज्ञापन

सोही क्रममा उनले सीटीईभीटीको प्रमोशन, समृद्धि र यसको गुणस्तरका लागि समर्पित भई अगाडि बढ्ने प्रण गरेका छन् ।यस्तै, उनले सुशासनलाई मूलमन्त्र मानेर सरोकारवाला पक्षसँग समन्वय र सहकार्य गरेर टीममा काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

बिज्ञापन

उनले भने, ‘यो जिम्मेवारी दिएर पठाउनु हुने शिक्षा मन्त्रालय र प्रधानमन्त्रीप्रति विशेष आभार प्रकट गर्न चाहन्छु । म सीटीईभीटीको प्रमोशन, यसको समृद्धिमा र यसको गुणस्तरका लागि समर्पित भई अगाडी बढ्ने प्रण गर्न चाहन्छु । सुशासनलाई मूलमन्त्र मानेर सरोकारवाला पक्षसँग समन्वय र सहकार्य गरेर टीममा काम गर्ने विषयमा म प्रतिबद्ध छु ।’

बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उपाध्यक्ष छनौट समितिबाट सिफारिस भएर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रिपरिषद् बैठकमा पेश गरेका तीनजना मध्ये बराललाई उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।सीटीईभीटीको उपाध्यक्षका लागि वहालबाला दुई निर्देशकसहित १३ जनाको उम्मेदवारी दिएका थिए ।
उपाध्यक्षका लागि सीटीईभीटीको स्तर निर्धारण महाशाखाका निर्देशक टैलेन्द्र आचार्य र सीटीईभीटीकै सूचना तथा अनुसन्धान महाशाखा निर्देशक भुवनेश्वर ढुंगाना, पूर्व सदस्य सचिव जिवनारायण काफ्ले, पूर्व निर्देशक मिस्टरकान्त मैनाली र सौरभराम जोशी, पूर्व उपनिर्देशक कुस्माकर भट्टले आवेदन दिएका थिए ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

आइतबार र सोमबार बिदा दिने सरकारको निर्णय

राष्ट्रका लागि लड्ने क्याप्टेन, जीवनका लागि एक्लै योद्धा

दलिय कर्मचारी संगठनको दादागिरी : वरिष्ठ अधिकृत हटाइ युनियन सल्लाहकारलाई प्रमुख बनाउन दबाब

भिषण वर्षाको जोखिमबीच दुई दिन सार्वजनिक बिदा दिन कर्मचारीको सुझाव

भारी वर्षासँगै राजमार्ग अवरुद्ध हुने सम्भावना : सडक विभागको सतर्कता अपिल

नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–नागढुंगा सडकखण्ड पहिरोले अवरुद्ध

बागमती र मधेशमा चट्याङसहित वर्षा, मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह

बडादसैँ : धर्मको रक्षा र जीवनलाई प्रेरणा

बिशेष