हिमालहरु हाम्रो पहिचान हो, यसको रक्षा सबैले मिलेर गर्नुपर्छ : डा. नारायण प्रसाद रेग्मी

काठमाडौं । पर्यटन विभागका महानिर्देशक डा नारायण प्रसाद रेग्मीले सरकारले हिमाली क्षेत्रमा हुने फोहोर नियन्त्रणको लागि धेरै कदमहरु चालिसकेको बताएका छन् ।

बिज्ञापन

बुधबार काठमाडौंमा विश्व शौचालय दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले गाँउ, सहरहरुमा सरसफाई गर्ने र शौचालय बनाउने काम सजिलो भएपनि हिमाली क्षेत्रमा यस्तो काम गर्न गाहे हुने भन्दै सरकारले आवश्यक कदमहरु चालेको बताएका हुन् ।

बिज्ञापन

यस्तै, उनले यो काम सरकार एक्लैले गर्न नसक्ने भन्दै यसको लागि बृहत सहकार्य आवश्यक पर्ने बताए ।
उनले भने, ‘सरकारले यसको लागि हिमाली क्षेत्रमा हुने फोहोर नियन्त्रणको लागि धेरै नै कदमहरु चालिसकेको छ । र गर्वका साथ भन्न सक्छु कि सरकार सधैं तयार छ, हिमाललाई सफा गर्ने कुरामा तर हामीलाई अन्य संस्थाहरुको सहयोग पनि चाहिन्छ । सरकार एक्लैले सबै कामहरु गर्न सक्दैँन् । गाँउ र सहरहरुमा सरसफाई गर्ने र शौचालय बनाउने काम सजिलो हुन्छ तर हिमाली क्षेत्रमा यस्तो काम गर्न अलि गारो नै हुन्छ त्यही कारण हामीलाई यो काम गर्नको लागि बुहत सहकार्यको आवश्यकता पर्छ । सरकार यसको लागि सधैँ तयार छ ।’

यसवर्ष कार्यक्रमको नारा ‘हाम्रो हिमालय सफा रहिरहोस्, भविष्यका नागरिक र सँगी आरोहीहरूले हिमालयलाई स्वच्छ राख्ने जिम्मेवारी लिनुपर्छ ।’ भन्ने रहेको छ ।
यसको साथै, उनले हिमालहरु भनेको हाम्रो पहिचान भएको भन्दै यसको रक्षा सबै मिलेर गर्नुपर्ने बताए ।
उनले भने, ‘तपाईंहरुले जुन हिमालको बारेमा कुराहरु उठाउनु भएको छ त्यसमा म र मेरो संस्था एकदमै सचेत छ । म पनि के विश्वास गर्छु भने हिमालयहरु हिमालको रुपमा मात्र होईन की यो हाम्रो जीवन, संस्कारको प्रतिक पनि हो । हामी नेपाल मात्र होइन पूरै विश्व नै हिमाल र हिमालयन संस्कारबाट प्रभावित भएका हुन्छन् । त्यसैले हिमालहरु भनेको हाम्रो पहिचान हो र हामीले यसको रक्षा गर्नुपर्छ ।’

बिज्ञापन

कार्यक्रममा आरोही, आरोहण सञ्चालक र पर्यटनकर्मीहरु लगायतको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भिजिट भिसा प्रकरण : विचौलिया पछि मतियारलाई पाँच लाख धरौटीमा छाड्न आदेश

मेडिकलको नाममा वैदेशिक रोजगारीमा संगठित बेथिति: ३६ स्वास्थ्य संस्था र मेनपावरको मिलेमतोमाथि कडा छानबिन

व्यक्तित्व विकासका लागि जीवन परिवर्तन गर्ने १० पुस्तकहरू

अख्तियारमै कार्यरत डीएसपीमाथि छानबिन

हाइकुहरू

अधिकृत खटाइँदा झापामा ‘सेटिङ’को आशंका, कर्मचारी असन्तुष्ट

बहालवाला उपसचिव नै काँग्रेस उमेद्धारको चुनाव प्रचार प्रसारमा

निजामती प्रशासनको चुनौतीपूर्ण भावीमार्ग  

बिशेष