परराष्ट्र पछि इञ्जिनियर सेवाको उपसचिव बढुवा स्थगित

लोक सेवा आयोगले उपसचिव पदको बढुवा स्थगित गरेको छ । आयोगले नेपाल इन्जिनियरिङ्ग सेवाका राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव) वा सोसरह पदको बढुवा विज्ञापन स्थगित गरिएको जनाएको छ । उच्च अदालत पाटनको आदेशपछि गत असोज ३० गते प्रकाशित बढुवाको प्रक्रिया हाललाई स्थगित भएको छ ।

बिज्ञापन

आयोगले विभिन्न ४९ पदका लागि बढूवाको लागि विज्ञापन प्रकाशन गरेको थियो तर अदालतको आदेश कार्यान्वयनको सिलसिला भन्दै लोकसेवाले उक्त विज्ञापन अनिश्चित समयसम्मका लागि स्थगित गरेको जनाएको छ ।

बिज्ञापन

उच्च अदालत पाटनमा उक्त बढूवाको विज्ञापन विरुद्ध परेको रिटमा १४ कार्तिककमा आन्तरिम आदेश जारी भएको थियो । ऊर्जा मन्त्रालय अन्तरगतका कर्मचारीहरु यो सूचना न्यायसंगत नभएको भन्दै अदालत गएका थिए । उनीहरुको मागअनुसार नै अदालतले अन्तरिम आदेश जारी गरेको थियो ।

सोही आदेश कार्यन्वयनका लागि भन्दै लोकसेवा आयोगले बढूवाको विज्ञापन हाललाई स्थगित गरेको जनाएको छ ।

बिज्ञापन

आयोगले जारी गरेको सूचनामा भनिएको छ, ‘सम्मानित उच्च अदालत पाटनबाट रिट नं ०८१ डब्ल्युओ–०८३९ उपर मिति २०८१–०७–१४ मा भएको आदेश कार्यान्वयनको सिलसिलामा आयोगबाट मिति २०८१–०६–३० मा प्रकाशित नेपाल इन्जिनियरिङ्ग सेवाका राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव) वा सोसरह पदका बढुवा सूचना र आ प्र तर्फका विज्ञापनको दरखास्त संकलन समेतका कार्यहरु आयोगको मिति २०८१–०८–०२ को निर्णयानुसार हाललाई स्थगित गरिएको छ ।’

यस अघि परराष्ट्र सेवाको उपसचिवको बढुवा विज्ञापन समेत अदालतकै आदेश अनुसार रोकिएको छ ।

 

loksewa under

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

फ्लाइङ कार’ को नाममा ड्रोन देखाएर प्रधानमन्त्री ओलीसम्म झुक्याइयो

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

नाडा अटो शोको बदनाम खेल—उड्ने कार भन्दै ड्रोन प्रदर्शन

सरकारी कर्मचारी काममा भन्दा बढी लोकसेवा पढ्नमा ब्यस्त देखिए: मन्त्री न्यौपाने

प्रकाशचन्द्र खतिवडाको कविता : साम्यवाद

पालिका अध्यक्षद्धारा गर्भवती महिलाको उद्धार

मन्त्री सुडी र सचिव बस्नेतबीच कार्यसम्पादन सम्झौता

शहरीमा भद्रगोल :दुई दर्जन कर्मचारी बरण्डामा, दर्जन कर्मचारीलाई दोहोरो जिम्मेवारी र निमित्त

बिशेष