कर्मचारी कार्यालय पुगिसकेपछि सार्वजनिक बिदा

सरकारले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोकमा आज सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। बिदा भए पनि धेरैजसो कर्मचारी कार्यालय पुगिसकेका छन्।

बिज्ञापन

कतिपय सेवाग्राहीसमेत कार्यालय पुगिसकेको अवस्थामा बिदा हुँदा समस्या भएको छ। ढिलो गरी निर्णय हुँदा कर्मचारी र सेवाग्राहीले सास्ती भोगेका छन्।आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो। ढुंगानाको भने हिजै दिउँसो निधन भएको थियो। सरकारले ढिलो गरी निर्णय गर्दा कर्मचारी र सर्वसाधारणले दुःख पाएका छन्।

बिज्ञापन

विशेष गरी सिंहदरवारस्थित मन्त्रालयमा आउने धेरैजसो कर्मचारी आफ्नो काम थाल्न तयार थिए। कतिपयले हाजिर गरेर काम सुरु गरेका थिए भने केही कर्मचारी बैठक र अन्य औपचारिकताका लागि तयारी गरिरहेका थिए। अधिकांश कर्मचारीहरू बाटैमा थिए । तर, बिदाको निर्णय सार्वजनिक भएपछि कार्यालयको माहोल बदलियो र कर्मचारीहरू कार्यालय छोडेर घर फर्किन थाले।

सरकारको निर्णय सार्वजनिक हुँदै गर्दा कतिपय कर्मचारी तथा सेवाग्राही कार्यालय पुगिसकेका थिए। राहदानी विभाग, यातायात कार्यालय, जिल्ला प्रशासन कार्यालयहरुमा नौ बजेदेखि नै सेवाग्राहीको भिड लाग्ने गर्छ। यी कार्यालय अचानक बन्द हुँदा समस्या भएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

बाढीका कारण ५३ सरकारी संरचना ध्वस्त,१६० कर्मचारी वेपत्ता,तीन मृत

स्टन्टको आरोपपछि गृहमन्त्रीको प्रष्टीकरण : ‘पुराना नेता जस्तो मन्त्रालयको कुर्सीमा मात्रै बस्ने म परिनँ’

मुस्ताङ भन्सारमा विवादित कर्मचारीको ‘टिम’, कर्मचारीको ‘सेटिङ’ले अर्थमन्त्री बदनाम

अशक्तको घरमा प्रजिअ : घरमै नागरिकता पाइन अस्मिताले

लिखतसम्बन्धी कसुरमा कम्युटर अपरेटर पक्राउ

त्रिशूली ३ ए को सुरूङबाट २ जनाको जीवितै उद्धार

योग्यतम अफिसरहरूले किन दिँदैछन् भटाभट राजीनामा ?

बाढीबाट रसुवा- नुवाकोटका ६ हजार घर परिवार विस्थापित,बगे दर्जनौं सरकारी कार्यालय

बिशेष