असारमा निमित्त प्रमुख प्रशासकीयको कुर्सी,कार्तिकमा भ्रष्टचार मुद्धा

निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएको चार महिना पछि नै एक अधिकृतमाथि भ्रष्टाचारको मुद्धा चलेको छ ।

बिज्ञापन

बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह कानुमाथि अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्धा चलाएको हो । गत कार्तिक ८ गते ७८ हजार घुससहित पक्राउ परेका उनीविरुद्ध अख्तियारले विशेषमा मुद्धा चलाइएको हो ।

बिज्ञापन

कानुलाई सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको थियो । बिल भुक्तानी गरेबापत सेवाग्राहीसँग घुस माग गरिरहेको उजुरी आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडा कार्यालयले उनलाई पक्राउ गरेको हो । हेटौडाबाट खटिएको टोलीले उनलाई ७८ हजार घुससहित पक्राउ गरेको जनाइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले साहलाई कलैया उपमहानगरपालिका– ४ बाट ७८ हजार रुपैयाँसहित पक्राउ कानुनाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा घुस रकम बराबरकै बिगो रकम दाबीसहित विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको छ ।
साह गत असार तेस्रो साताबाट सिम्रौनगढको निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा थिए । मन्त्रालयले नगरपालिकामा कार्यरत वरिष्ठ कर्मचारीमध्ये अधिकृत सातौँ तहका साहलाई प्रमुख प्रशासकीयको जिम्मेवारी दिएको थियो।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

कानुनबाट फिर्ता भयो संघीय निजामती सेवा विद्येयक,३०- ५५ को प्रावधान यथावत

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

बिशेष