पूर्व सचिव खनालको संयोजकत्वमा अर्काे आयोग गठन

सरकारले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गरेको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले अर्थ मन्त्रालयको प्रस्तावअनुरुप पूर्वअर्थसचिव रामेश्वर खनालको अध्यक्षतामा विज्ञसहितको पाँच सदस्यीय आयोग गठन गरेको हो ।

बिज्ञापन

सदस्यहरुमा राष्ट्रिय योजना आयोगका सदस्य डा प्रकाशकुमार श्रेष्ठ, त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा।डा। रामप्रसाद ज्ञवाली, अर्थविद् डा विश्वास गौचन र नीति अनुसन्धान प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा कल्पना खनाल रहेका छन् । आयोगले आवश्यकताअनुसार निजी क्षेत्र लगायत अर्थतन्त्रका विविध पक्षहरुसँग परामर्श गर्नेछ ।

बिज्ञापन

अर्थ मन्त्रालयले एक सय दिनमा सम्पन्न गर्ने कार्यहरुको सूचीमा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गर्ने बुँदा पनि समावेश थियो । सोहीबमोजिम कमिटी गठन गरिएको बताइएको छ । आयोगका अध्यक्ष पूर्व सचिव खनाललाई मर्यादाक्रमको १४ औं नम्बरमा राखिएको भने योजना आयोगका सदस्य श्रेष्ठ मर्यादाक्रमको १२ औं नम्बरका हुन् ।
गत साउनमा अर्थ मन्त्रालयले अर्थतन्त्र सुधारका लागि १०० दिने कार्ययोजना बनाएको थियो । उक्त कार्ययोजनामा मुलुकको समग्र अर्थतन्त्र सुधार गर्न उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने कुरा उल्लेख गरिएको थियो ।

त्यस्तै, वित्तीय क्षेत्र विकास रणनीति तयार गर्ने, राजस्व चुहावट नियन्त्रण गर्न केन्द्रीय द्रुत गस्ती टोली गठन गरी परिचालन गर्नेलगायत विषय १०० दिने कार्ययोजनामा उल्लेख गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

नेपाल प्रहरीको आईजीपीमा दानबहादुर कार्की नियुक्त

यस्ता छन् क्याविनेटका सात निर्णय

कसैलाई मन नपर्दैमा ट्रेड युनियन खारेज हुँदैन: ओली

निर्णय नगर्ने कर्मचारी जनता चुसुवा हुन्:- पूर्व सचिव उपाध्याय

पूर्व सचिवको संयोजकत्वमा कुलमानको पार्टी,सुमनासँग मिलेन कुरा

अब १० लाखसम्मको औषधि खरिदमा पनि अनिवार्य बोलपत्र

प्रमुख प्रशासकीय अधिकृतसहित आठ विरुद्ध भ्रष्टाचार मुद्धा दायर

बागमतीले पायो Local Level PIS Portal को साँचो, आठ हजार स्थानीय सेवाका कर्मचारी लाभान्वित हुने

बिशेष