पूर्व सचिव खनालको संयोजकत्वमा अर्काे आयोग गठन

सरकारले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गरेको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले अर्थ मन्त्रालयको प्रस्तावअनुरुप पूर्वअर्थसचिव रामेश्वर खनालको अध्यक्षतामा विज्ञसहितको पाँच सदस्यीय आयोग गठन गरेको हो ।

बिज्ञापन

सदस्यहरुमा राष्ट्रिय योजना आयोगका सदस्य डा प्रकाशकुमार श्रेष्ठ, त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा।डा। रामप्रसाद ज्ञवाली, अर्थविद् डा विश्वास गौचन र नीति अनुसन्धान प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा कल्पना खनाल रहेका छन् । आयोगले आवश्यकताअनुसार निजी क्षेत्र लगायत अर्थतन्त्रका विविध पक्षहरुसँग परामर्श गर्नेछ ।

बिज्ञापन

अर्थ मन्त्रालयले एक सय दिनमा सम्पन्न गर्ने कार्यहरुको सूचीमा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गर्ने बुँदा पनि समावेश थियो । सोहीबमोजिम कमिटी गठन गरिएको बताइएको छ । आयोगका अध्यक्ष पूर्व सचिव खनाललाई मर्यादाक्रमको १४ औं नम्बरमा राखिएको भने योजना आयोगका सदस्य श्रेष्ठ मर्यादाक्रमको १२ औं नम्बरका हुन् ।
गत साउनमा अर्थ मन्त्रालयले अर्थतन्त्र सुधारका लागि १०० दिने कार्ययोजना बनाएको थियो । उक्त कार्ययोजनामा मुलुकको समग्र अर्थतन्त्र सुधार गर्न उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने कुरा उल्लेख गरिएको थियो ।

त्यस्तै, वित्तीय क्षेत्र विकास रणनीति तयार गर्ने, राजस्व चुहावट नियन्त्रण गर्न केन्द्रीय द्रुत गस्ती टोली गठन गरी परिचालन गर्नेलगायत विषय १०० दिने कार्ययोजनामा उल्लेख गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कर्मचारीको मनोबल बढ्दै छ कि गिर्दै ?

सचिवज्यू यस्तै हुन्छ सुशासन ?

ट्रेड युनियन नेतामाथि सरकारको कडाइ : उपत्यकाबाहिर सरुवाको तयारी

सहसचिवको दोहोरो मापदण्ड : सुशासन कागजमै सीमित

प्रधानान्यायधीशको लाइनबाट तीन रिङ आउट

पाँच सचिव अख्तियारको फन्दामा

सर्वाेच्च अदालतमा तोडियो ब्रेक, चौथौं बरियताका शर्मा प्रधानन्यायाधीशमा सिफारिस

दाइको आवेदन,भाइले दिए अध्यक्षबाट राजीनामा

बिशेष