बागमती प्रदेश सरकारले ३ सचिवको जिम्मेवारी तोकेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय सरकारले पठाएका ३ सचिवहरूलाई पदस्थापन गरेको हो ।
बिज्ञापन
प्रदेशका प्रमुख सचिव डा हरिप्रसाद लम्सालले मन्त्रिपरिषद्को निर्णय अनुसार सचिव रिक्त रहेका निकायमा जिम्मेवारी तोकेका हुन् । जसअनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रिक्त एक सचिव पदमा विदुर खनाललाई जिम्मेवारी दिइएको छ । उनलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको शासकीय सुधार महाशाखाको जिम्मेवारी तोकिएको छ ।
बिज्ञापन
प्रदेश नीति तथा योजना आयोगको सचिवमा केशवराज सुवेदी, लोकसेवा आयोगमा तुलसीनाथ गौतमलाई खटाइएको छ । खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयमा संघीय सरकारले तोकेर पठाएका सचिव मोहन शाक्य, वन तथा वातावरण मन्त्रालयमा पठाएका केदार बराललाई पदस्थापन गरिएको छ ।