कर्मचारी सरुवामा नयाँ मापदण्ड

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कर्मचारीलाई पदस्थापन, सरुवा तथा कामकाजमा खटाउन विभिन्न छ वटा सैद्धान्तिक आधार तयार पारेको छ । शिक्षामन्त्री विद्या भट्टराईले  मन्त्रीस्तरीय निर्णय गरेर मन्त्रालय र मातहतका निकायमा कार्यरत राजपत्राङ्कित द्वितीय श्रेणी र सोभन्दा मुनिका कर्मचारीको पदस्थापन, सरुवा तथा कामसम्बन्धी सैद्धान्तिक आधार तय गरेकी हुन ।
उनले कर्मचारीको पदस्थापन, सरुवा तथा कामकाज गर्न खटाउनेसम्बन्धी मापदण्ड, २०८० बमोजिम सरुवा, पदस्थापन गर्ने निर्णय गरेकीछिन् । जसअनुसार तल्लो पदमा पदाधिकार रही माथिल्लो पदको कुनै विशेष जिम्मेवारीमा रहेकाबाहेक एउटा निकायमा सामान्यतयाः दुई वर्षभन्दा बढी अवधि पुगेका कर्मचारीको सरुवा गरिनेछ ।

बिज्ञापन

त्यस्तै, अन्य निकायमा दरबन्दी रही मन्त्रालयमा खटिएका कर्मचारीलाई सम्भव भएसम्म जिल्लास्तरका कार्यालय, अन्य मन्त्रालय तथा निकायमा खटाइनेछ । शिक्षा मन्त्रालय वा मातहतबाहेक अन्य निकायमा सरुवा तथा कामकाज गर्न खटाउन वा त्यस्ता निकायबाट मन्त्रालयमा सरुवाका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सहमतिका लागि लेखी पठाउने पनि निर्णय गरिएको छ ।

बिज्ञापन

यता, दुर्गम जिल्लामा कार्यरत रहेको, अन्यत्र सरुवाका लागि निवेदन पेश नगरेका कर्मचारीको अवधि पुगेपनि सो जिल्लाबाट सरुवा नगरिने र अपांगता भएका, गर्भवती, सुत्केरी महिला, दीर्घरोगी, अवकाश हुन एक वर्षभन्दा कम अवधिका र परिवारका सदस्यहरु गम्भीर बिरामी अवस्थामा रहेकाजस्ता विशेष परिस्थितिका कर्मचारीको हकमा उनीहरुको सहजतालाई ख्याल गरी निर्णय गरिने मन्त्रालयको भनाइ छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

डा. बद्री रिजालको नेतृत्वमा नयाँ टिम, वरिष्ठ उपाध्यक्ष डा. सन्जिब तिवारी र महासचिव डा. विश्वराज दवाडी उम्मेदवार

सिद्धार्थनगरमा सरकारी गाडी बेपत्ता: पार्टी महाधिवेशन प्रयोगबारे प्रश्नचिन्ह

आ.व. २०८२/८३ मंसिरसम्म राजस्व सङ्कलनः लक्ष्यको ७८.७४ प्रतिशत मात्रै प्राप्त

भ्रष्टाचार मुद्धामा दोषी ठहर भएका पहारी एमाले अनुशासन आयोगको अध्यक्ष

संगठनात्मक सामाजिकीकरण र सामाजिक गतिशीलता

३९१ नासुसहित ४५० कर्मचारीकै एकै लटमा सरुवा

भन्सार विभाग र निकासी पैठारी संघबीच छलफल, जरिबाना खुकुलो बनाउन माग

योजना आयोगका उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त

बिशेष