कर्मचारी सरुवामा नयाँ मापदण्ड

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कर्मचारीलाई पदस्थापन, सरुवा तथा कामकाजमा खटाउन विभिन्न छ वटा सैद्धान्तिक आधार तयार पारेको छ । शिक्षामन्त्री विद्या भट्टराईले  मन्त्रीस्तरीय निर्णय गरेर मन्त्रालय र मातहतका निकायमा कार्यरत राजपत्राङ्कित द्वितीय श्रेणी र सोभन्दा मुनिका कर्मचारीको पदस्थापन, सरुवा तथा कामसम्बन्धी सैद्धान्तिक आधार तय गरेकी हुन ।
उनले कर्मचारीको पदस्थापन, सरुवा तथा कामकाज गर्न खटाउनेसम्बन्धी मापदण्ड, २०८० बमोजिम सरुवा, पदस्थापन गर्ने निर्णय गरेकीछिन् । जसअनुसार तल्लो पदमा पदाधिकार रही माथिल्लो पदको कुनै विशेष जिम्मेवारीमा रहेकाबाहेक एउटा निकायमा सामान्यतयाः दुई वर्षभन्दा बढी अवधि पुगेका कर्मचारीको सरुवा गरिनेछ ।

बिज्ञापन

त्यस्तै, अन्य निकायमा दरबन्दी रही मन्त्रालयमा खटिएका कर्मचारीलाई सम्भव भएसम्म जिल्लास्तरका कार्यालय, अन्य मन्त्रालय तथा निकायमा खटाइनेछ । शिक्षा मन्त्रालय वा मातहतबाहेक अन्य निकायमा सरुवा तथा कामकाज गर्न खटाउन वा त्यस्ता निकायबाट मन्त्रालयमा सरुवाका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सहमतिका लागि लेखी पठाउने पनि निर्णय गरिएको छ ।

बिज्ञापन

यता, दुर्गम जिल्लामा कार्यरत रहेको, अन्यत्र सरुवाका लागि निवेदन पेश नगरेका कर्मचारीको अवधि पुगेपनि सो जिल्लाबाट सरुवा नगरिने र अपांगता भएका, गर्भवती, सुत्केरी महिला, दीर्घरोगी, अवकाश हुन एक वर्षभन्दा कम अवधिका र परिवारका सदस्यहरु गम्भीर बिरामी अवस्थामा रहेकाजस्ता विशेष परिस्थितिका कर्मचारीको हकमा उनीहरुको सहजतालाई ख्याल गरी निर्णय गरिने मन्त्रालयको भनाइ छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

३०- ५५ को प्रावधानमा अर्थ मन्त्रालयको सहमति

गृहको नयाँ ओएनएम : ९५ दरबन्दी थपेर ४ हजार ६ सय ११ कायम

अब २५ जिल्लामा उपसचिव,५२ जिल्लामा सहसचिव सिडियो

संखुवासभा र बैतडीमा नयाँ सिडियो

अख्तियारको राडारमा तीन पूर्व प्रधानमन्त्रीका स्वकीय

मुख्य सचिवसहित पाँच सचिव सञ्चालक रहेको अस्पतालको यो हबिगत

निमित्त महानिर्देशकले लत्याए बालेन सरकारले निर्देशन

रक्तदानसहित मनाइयो नृत्य निर्देशक संघ नेपालको ११औँ स्थापना दिवस

बिशेष