भावी महामहिम विरुद्ध कार्यवाहक राजदूत संसदीय समितिमा

परराष्ट्र सचिव सेवा लम्साल बेल्जियमको लागि राजदूत हुन अयोग्य रहेको भन्दै संसदीय सुनुवाइ समितिमा उजुरी परेको छ। सेवा हालै बेल्जियमका लागि राजदूतमा सिफारिस भइसकेकी छन् । एकातिर सचिव पद छोड्न नसक्ने, अर्कातिर कुनै मुलुकमा राजदूत भएर जानुपर्ने बाध्यतामा रहेकी लम्साल अर्को महिना कार्यकाल सकेर गेहेन्द्र राजभण्डारी फर्किएपछि ब्रसेल्समा बसेर मुलुकको सेवा गर्दैछिन् ।

बिज्ञापन

उनीविरुद्ध संसदीय समितिमा तीन वटा उजुरी परेका छन् । उजुरीकर्ताले सेवा निर्णय क्षमतामा निकै कमजोर रहेको,निजामती सेवा ऐन/नियम तथा परराष्ट्र सेवा नियम र निर्देशिकाको मर्म विपरीत काम गरेको र सरुवामा अन्यायमा परेको भन्दै कार्यवाहक राजदूत कुमार बहादुर श्रेष्ठले संसदीय सुनुवाइ समितिमा उजुरी दिएका हुन ।
उनले दिएको उजुरीमा प्रस्तावित राजदूत लम्सालको निर्णय क्षमता कमजोर भएको,तत्कालिन परराष्ट्र सचिव भरतराज पौड्यालको दूषित विचारबाट अन्यायमा परी पीडित भएको आफूलाई बेल्जियमका लागि राजदूत सिफारिस हालकी परराष्ट्र सचिव लम्सालले पनि अन्याय गरी निजामति सेवा ऐन/नियम तथा परराष्ट्र सेवा नियम र निर्देशिकाको मर्म विपरीत काम गरेकाले उनलाई बेल्जियमका लागि अयोग्य घोषणा गर्न माग गरेका छन्।
उजुरीमा भनिएको छ,०८० साउन २९ मा भएको विदेशस्थित नियोगहरूमा हुने सरुवामा तत्कालिन वरिष्ठ सहसचिव (सरुवा समितिको संयोजक) लम्सालले आफ्नो पूर्ण दाबी पुग्ने नियोगमा सरुवा नगरी द्वन्द्वग्रस्त देश इजरायलमा रहेको नियोगमा सरुवा गर्न सिफारिस गरेको र त्यो सिफारिस विभेदकारी र पक्षपाती भएको पछि अन्तरनियोग सरुवा पाउने आशामा आफूले सो सरुवा निर्णयलाई स्वीकार गरेको उनले बताएका छन्।

बिज्ञापन

आफूले मागेको १ नम्बर स्थानमा ग प्लस ग वर्गमा काम गरी आएको आफूलाई सरुवा नगरी ग वर्गमा मात्रै बसेर आएकी कर्मचारीलाई सरुवा गरिएको श्रेष्ठले निवेदनमा लेखेका छन्। अन्तर नियोग सरुवाको प्रावधान बमोजिम यस पटक पनि ०८१ साउन १ मा वर्तमान सचिवलाई संवोधन गरी आफूले इजरायलबाट अमेरिकाको वासिंगटन सरुवा मागेको तर आफ्नो माग जायज हुँदाहुँदै पनि आफ्नो जरुवा नगरिदिएको श्रेष्ठले गुनासो गरेका छन्।

श्रेष्ठले निवेदनमा लेखेका छन्, ‘सो सरुवाका सम्बन्धमा तर्कपूर्ण बुँदाहरू राखेर माग्दा पनि जानकारी केही नआएपछि पुनः विशेष अनुरोध गरेँ। फोन गरेँ। वर्तमान परराष्ट्र मन्त्रीज्यूलाई पनि आग्रह गरेँ। वरिष्ठ सहसचिव अमृत राईज्यूलाई विन्ती जायर गरेँ। मेरो केही लागेन। ०८१ साउन २९ मा गरिएको सरुवामा पनि मलाई समेटिएन।’

बिज्ञापन

यस विषयमा प्रस्ताविद राजदूत लम्सालले संसदीय सुनुवाई समितिमा चित्तिबुझ्दो जवाफ दिनुपर्ने श्रेष्ठले निवेदनमा माग गरेका छन्। उजुरीकर्ता श्रेष्ठ नेपाली राजदूतावास इजरायलमा कार्यवाहक राजदूत हुन ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष