भावी महामहिम विरुद्ध कार्यवाहक राजदूत संसदीय समितिमा

परराष्ट्र सचिव सेवा लम्साल बेल्जियमको लागि राजदूत हुन अयोग्य रहेको भन्दै संसदीय सुनुवाइ समितिमा उजुरी परेको छ। सेवा हालै बेल्जियमका लागि राजदूतमा सिफारिस भइसकेकी छन् । एकातिर सचिव पद छोड्न नसक्ने, अर्कातिर कुनै मुलुकमा राजदूत भएर जानुपर्ने बाध्यतामा रहेकी लम्साल अर्को महिना कार्यकाल सकेर गेहेन्द्र राजभण्डारी फर्किएपछि ब्रसेल्समा बसेर मुलुकको सेवा गर्दैछिन् ।

बिज्ञापन

उनीविरुद्ध संसदीय समितिमा तीन वटा उजुरी परेका छन् । उजुरीकर्ताले सेवा निर्णय क्षमतामा निकै कमजोर रहेको,निजामती सेवा ऐन/नियम तथा परराष्ट्र सेवा नियम र निर्देशिकाको मर्म विपरीत काम गरेको र सरुवामा अन्यायमा परेको भन्दै कार्यवाहक राजदूत कुमार बहादुर श्रेष्ठले संसदीय सुनुवाइ समितिमा उजुरी दिएका हुन ।
उनले दिएको उजुरीमा प्रस्तावित राजदूत लम्सालको निर्णय क्षमता कमजोर भएको,तत्कालिन परराष्ट्र सचिव भरतराज पौड्यालको दूषित विचारबाट अन्यायमा परी पीडित भएको आफूलाई बेल्जियमका लागि राजदूत सिफारिस हालकी परराष्ट्र सचिव लम्सालले पनि अन्याय गरी निजामति सेवा ऐन/नियम तथा परराष्ट्र सेवा नियम र निर्देशिकाको मर्म विपरीत काम गरेकाले उनलाई बेल्जियमका लागि अयोग्य घोषणा गर्न माग गरेका छन्।
उजुरीमा भनिएको छ,०८० साउन २९ मा भएको विदेशस्थित नियोगहरूमा हुने सरुवामा तत्कालिन वरिष्ठ सहसचिव (सरुवा समितिको संयोजक) लम्सालले आफ्नो पूर्ण दाबी पुग्ने नियोगमा सरुवा नगरी द्वन्द्वग्रस्त देश इजरायलमा रहेको नियोगमा सरुवा गर्न सिफारिस गरेको र त्यो सिफारिस विभेदकारी र पक्षपाती भएको पछि अन्तरनियोग सरुवा पाउने आशामा आफूले सो सरुवा निर्णयलाई स्वीकार गरेको उनले बताएका छन्।

बिज्ञापन

आफूले मागेको १ नम्बर स्थानमा ग प्लस ग वर्गमा काम गरी आएको आफूलाई सरुवा नगरी ग वर्गमा मात्रै बसेर आएकी कर्मचारीलाई सरुवा गरिएको श्रेष्ठले निवेदनमा लेखेका छन्। अन्तर नियोग सरुवाको प्रावधान बमोजिम यस पटक पनि ०८१ साउन १ मा वर्तमान सचिवलाई संवोधन गरी आफूले इजरायलबाट अमेरिकाको वासिंगटन सरुवा मागेको तर आफ्नो माग जायज हुँदाहुँदै पनि आफ्नो जरुवा नगरिदिएको श्रेष्ठले गुनासो गरेका छन्।

श्रेष्ठले निवेदनमा लेखेका छन्, ‘सो सरुवाका सम्बन्धमा तर्कपूर्ण बुँदाहरू राखेर माग्दा पनि जानकारी केही नआएपछि पुनः विशेष अनुरोध गरेँ। फोन गरेँ। वर्तमान परराष्ट्र मन्त्रीज्यूलाई पनि आग्रह गरेँ। वरिष्ठ सहसचिव अमृत राईज्यूलाई विन्ती जायर गरेँ। मेरो केही लागेन। ०८१ साउन २९ मा गरिएको सरुवामा पनि मलाई समेटिएन।’

बिज्ञापन

यस विषयमा प्रस्ताविद राजदूत लम्सालले संसदीय सुनुवाई समितिमा चित्तिबुझ्दो जवाफ दिनुपर्ने श्रेष्ठले निवेदनमा माग गरेका छन्। उजुरीकर्ता श्रेष्ठ नेपाली राजदूतावास इजरायलमा कार्यवाहक राजदूत हुन ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अबदेखि प्रहरीलाई पनि १५- १५ दिनमा तलब

शाखा अधिकृत पौडेल बर्खास्त

५ लाख नाघे रास्वपाको सदस्य, कुन प्रदेशबाट कति (पूर्णपाठ)

प्रशासनिक सुधार कि संरचनात्मक पुनर्संरचना?

राहदानी छपाइमा अनियमितता : महानिर्देशक अर्यालसहित सातजनाको अदालतमा बयान सुरु

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम

विष्णु पौडेललाई २० दिन थुनामा राख्न अदालतसमक्ष अनुमति मागियाे

खण्डन तथा क्षमायाचना

बिशेष