गोसाइँकुण्डमा नियमविपरित करार कर्मचारी भर्ती गरी लाखौं भुक्तानी

रसुवाको गोसाइँकुण्ड गाउँपालिकाले करारमा राख्न नमिल्ने पदहरुमा कर्मचरी नियुक्ति गरी नियमविपरित भुक्तानी गरेका छन् । महालेखापरीक्षकको कार्यालयको आर्थिक वर्ष २०७९/०८० को प्रतिवेदनमा गाउँपालिकाले नियमविपरित करारमा कर्मचारी राखि तलब भुक्तानी गरेको देखाइएको छ ।

बिज्ञापन

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ को उपदफा (६) मा स्थानीय तहले नगर प्रहरी, सवारी चालक, सरसफाई सम्बन्धी आदि पदमा बाहेक अन्य पद तथा सेवा करारबाट पदपूर्ति गर्न नसकिने कानूनी व्यवस्था गरेको छ । तर गोसाइँकुण्ड गाउँपालिकामा करारमा राख्न नमिल्ने पदहरुमा कर्मचारी भर्ती गरी भुक्तानी गरेको महालेखाले जनाएको छ । प्रतिवेदनका अनुसार कर्मचारीलाई ८२ लाख ७२ हजार ९३६ रुपैयाँ भुक्तानी गरेको छ।

बिज्ञापन


स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ मा स्थानीय तहले आफ्नो अधिकार क्षेत्र र कार्यबोझको विश्लेषण गरी संगठन तथा व्यवस्थापन सर्भेक्षणको आधारमा स्थायी प्रकृतिको कामको लागि तथा सेवा करारबाट लिईने कर्मचारीको दरबन्दी प्रस्ताव गर्नुपर्ने र अस्थायी दरबन्दी सृजना गर्न नसकिने व्यवस्था छ । गाउँपालिकाले विभिन्न ४५ पदमा ७९ जना कर्मचारीहरू करारमा राखी रू.८२,७२,९३६ रुपैयाँ खर्च गरेको छ ।

त्यसैगरी सोही ऐनको २०७४ को दफा ८३ (८) वमोजिम गाउँपालिकाले नगर प्रहरी, सवारी चालक, सयश, कार्यालय सहयोगी, पलम्बर, इलेक्टीसियन, चौकिदार, मालि, बगैंचे लगायतका पदमा मात्र करारवाट सेवा लिन सकिने व्यवस्था गरेको छ । स्थानीय तहले माथि उल्लेखित पद वाहेकको विभिन्न ५ पदमा ११ जना करार नियुक्ति गरी बर्षभरीमा रू ३५ लाख ५७ हजार ८ सय ५४ रुपैयाँ नियमविपरित भुक्तानी गरेको गरेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

बजारमा निजी क्षेत्रको भ्रष्टाचार

“निजामती सेवा सुधार र कर्मचारी समर्पण:- कटुवालका योजना र दृष्टिकोण”

मन्त्रीको कार्यकक्ष बनाउँदा ९० लाख स्वाहा !

बाणिज्य बिभागको अनुगमन जारी, २० उधोगको कारोबा

त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत

पूर्वडिजीको भक्तपुरस्थित विभिन्न १७ कित्ता जग्गा जफत

गृहमन्त्रीका भतिज विन्देश्वरको शक्तिः- रोजेकै ठाउँमा नियुक्ति

मुख्यसचिवका आफन्त तानिए,सचिवका भिनाजुलाई एयरपाेर्ट

बिशेष