गोसाइँकुण्डमा नियमविपरित करार कर्मचारी भर्ती गरी लाखौं भुक्तानी

रसुवाको गोसाइँकुण्ड गाउँपालिकाले करारमा राख्न नमिल्ने पदहरुमा कर्मचरी नियुक्ति गरी नियमविपरित भुक्तानी गरेका छन् । महालेखापरीक्षकको कार्यालयको आर्थिक वर्ष २०७९/०८० को प्रतिवेदनमा गाउँपालिकाले नियमविपरित करारमा कर्मचारी राखि तलब भुक्तानी गरेको देखाइएको छ ।

बिज्ञापन

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ को उपदफा (६) मा स्थानीय तहले नगर प्रहरी, सवारी चालक, सरसफाई सम्बन्धी आदि पदमा बाहेक अन्य पद तथा सेवा करारबाट पदपूर्ति गर्न नसकिने कानूनी व्यवस्था गरेको छ । तर गोसाइँकुण्ड गाउँपालिकामा करारमा राख्न नमिल्ने पदहरुमा कर्मचारी भर्ती गरी भुक्तानी गरेको महालेखाले जनाएको छ । प्रतिवेदनका अनुसार कर्मचारीलाई ८२ लाख ७२ हजार ९३६ रुपैयाँ भुक्तानी गरेको छ।

बिज्ञापन


स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ मा स्थानीय तहले आफ्नो अधिकार क्षेत्र र कार्यबोझको विश्लेषण गरी संगठन तथा व्यवस्थापन सर्भेक्षणको आधारमा स्थायी प्रकृतिको कामको लागि तथा सेवा करारबाट लिईने कर्मचारीको दरबन्दी प्रस्ताव गर्नुपर्ने र अस्थायी दरबन्दी सृजना गर्न नसकिने व्यवस्था छ । गाउँपालिकाले विभिन्न ४५ पदमा ७९ जना कर्मचारीहरू करारमा राखी रू.८२,७२,९३६ रुपैयाँ खर्च गरेको छ ।

त्यसैगरी सोही ऐनको २०७४ को दफा ८३ (८) वमोजिम गाउँपालिकाले नगर प्रहरी, सवारी चालक, सयश, कार्यालय सहयोगी, पलम्बर, इलेक्टीसियन, चौकिदार, मालि, बगैंचे लगायतका पदमा मात्र करारवाट सेवा लिन सकिने व्यवस्था गरेको छ । स्थानीय तहले माथि उल्लेखित पद वाहेकको विभिन्न ५ पदमा ११ जना करार नियुक्ति गरी बर्षभरीमा रू ३५ लाख ५७ हजार ८ सय ५४ रुपैयाँ नियमविपरित भुक्तानी गरेको गरेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

जावलाखेल चिडियाघरको बर्डफ्लु प्रकरण : सूचना लुकाइयो कि बलिको बोको बनाइयो ?

राहदानी छपाइ अनियमितता अनुसन्धानमा पूर्वमन्त्री श्रेष्ठसँग अख्तियारको सोधपुछ

वाणिज्य नीति : सरकारी निकायमा स्वदेशी वस्तु प्रयोग गर्ने व्यवस्था

पूर्वाधार विकास मन्त्रालयमा दुई सचिवको प्रस्ताव

प्रधानमन्त्री कार्यालयमा निर्वाचन आयोग पदाधिकारी पनि अपमानित, बोलाएर गेटबाटै दिइएन प्रवेश

नेपालको निजामती प्रशासन: रूपान्तरणको संकट र सुधारको मार्गचित्र

ओली सरकारका खास,वालेन सरकारका आसपास

घरबाट हराएका पूर्व कार्यवाहक महालेखापरीक्षकको शव नारायणी किनारमा

बिशेष