प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उपसचिव र शाखा अधिकृत तहका ३८ कर्मचारीको गुपचुप सरुवा गरेको छ । कार्यालय मातहतको राजश्व अनुसन्धान विभाग र त्यहाँ कार्यरत ३८ कर्मचारीहरु यता उता पारिएको भए पनि उक्त सूची गुपचुप राखिएको हो ।
बिज्ञापन
भदौं अन्तिममा त्यहाँका कर्मचारीहरु चलाइएको हो तर सूची सार्वजनिक गरिएको छैन । सरुवाको सूची अनुसार विभागका दुई निर्देशक शशि लम्साल र राजकुमार श्रेष्ठ सरुवामा परेका छन् । श्रेष्ठ केही महिना अघिमात्र राजश्व पुगेका थिए ।
बिज्ञापन
प्रमुख अनुसन्धान अधिकृतहरु इटहरीका खेम ओझा, केही महिना अगाडिमात्र सामान्य प्रशासनबाट पथलैयामा पुगेका बैकुण्ठ प्रसाद सापकोटा र पूर्व मन्त्री रामकुमारी झाक्रीको श्रीमान पशुपति बाबु पुरी बुटबलबाट फिर्ता भएका छन् । यस्का अलवा विभाग र कार्यालय अन्तरर्गतका ३३ जना अधिकृतहरुको सरुवा भएको स्रोतले बताएको छ ।
ती कार्यालयमा जानका लागि विवेक घिमिरेले दौड तिव्र पारेका छन् । घिमिरे केपी शर्मा ओली पहिला प्रधानमन्त्री हुँदा उनको सचिवालयमा थिए । पछि उद्योगमन्त्री दामोदर भण्डारीको सचिवालय हुँदै त्यहाँबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका हुन ।
बिज्ञापन
यस्तै विभागमा रहेका राजन विसी पनि प्रतिष्प्रर्धामा छन् । उनी अर्थमन्त्री विष्णु पौडेल निकट मानिन्छन् । यस अघि विसी बुटवल र पथलैया चलाइसकेका कर्मचारी हुन् । यस्तै तेजनारायण यादव, काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी हरि शर्मा,एयरपोर्ट भन्सारमा रहँदा विवादमा मुछिएका मनिराम पौडेल,राजकुमार खतिवडा,प्रकाश पोखरेलहरु शक्तिकेन्द्र धाइरहेका छन् ।