राजश्वबाट को-को झिकिए,को छन् दौडमा ?

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उपसचिव र शाखा अधिकृत तहका ३८ कर्मचारीको गुपचुप सरुवा गरेको छ । कार्यालय मातहतको राजश्व अनुसन्धान विभाग र त्यहाँ कार्यरत ३८ कर्मचारीहरु यता उता पारिएको भए पनि उक्त सूची गुपचुप राखिएको हो ।

बिज्ञापन

भदौं अन्तिममा त्यहाँका कर्मचारीहरु चलाइएको हो तर सूची सार्वजनिक गरिएको छैन । सरुवाको सूची अनुसार विभागका दुई निर्देशक शशि लम्साल र राजकुमार श्रेष्ठ सरुवामा परेका छन् । श्रेष्ठ केही महिना अघिमात्र राजश्व पुगेका थिए ।

बिज्ञापन

प्रमुख अनुसन्धान अधिकृतहरु इटहरीका खेम ओझा, केही महिना अगाडिमात्र सामान्य प्रशासनबाट पथलैयामा पुगेका बैकुण्ठ प्रसाद सापकोटा र पूर्व मन्त्री रामकुमारी झाक्रीको श्रीमान पशुपति बाबु पुरी बुटबलबाट फिर्ता भएका छन् । यस्का अलवा विभाग र कार्यालय अन्तरर्गतका ३३ जना अधिकृतहरुको सरुवा भएको स्रोतले बताएको छ ।

ती कार्यालयमा जानका लागि विवेक घिमिरेले दौड तिव्र पारेका छन् । घिमिरे केपी शर्मा ओली पहिला प्रधानमन्त्री हुँदा उनको सचिवालयमा थिए । पछि उद्योगमन्त्री दामोदर भण्डारीको सचिवालय हुँदै त्यहाँबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका हुन ।

बिज्ञापन

यस्तै विभागमा रहेका राजन विसी पनि प्रतिष्प्रर्धामा छन् । उनी अर्थमन्त्री विष्णु पौडेल निकट मानिन्छन् । यस अघि विसी बुटवल र पथलैया चलाइसकेका  कर्मचारी हुन् । यस्तै तेजनारायण यादव, काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी हरि शर्मा,एयरपोर्ट भन्सारमा रहँदा विवादमा मुछिएका मनिराम पौडेल,राजकुमार खतिवडा,प्रकाश पोखरेलहरु शक्तिकेन्द्र धाइरहेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

३०- ५५ को प्रावधानमा अर्थ मन्त्रालयको सहमति

गृहको नयाँ ओएनएम : ९५ दरबन्दी थपेर ४ हजार ६ सय ११ कायम

अब २५ जिल्लामा उपसचिव,५२ जिल्लामा सहसचिव सिडियो

संखुवासभा र बैतडीमा नयाँ सिडियो

अख्तियारको राडारमा तीन पूर्व प्रधानमन्त्रीका स्वकीय

मुख्य सचिवसहित पाँच सचिव सञ्चालक रहेको अस्पतालको यो हबिगत

निमित्त महानिर्देशकले लत्याए बालेन सरकारले निर्देशन

रक्तदानसहित मनाइयो नृत्य निर्देशक संघ नेपालको ११औँ स्थापना दिवस

बिशेष