एकनारायण आज निमित्त,पछि कन्फर्म मुख्यसचिव

सरकारले गृह सचिव एकनारायण अर्याललाई मुख्य सचिव बनाउने तयारी गरेको छ ।

बिज्ञापन

मुख्यसचिव लीलादेवी गड्तौलाको कार्यकाल १४ भदौ अर्थात् भोलि सकिने भएकाले सरकार नयाँ मुख्यसचिवको नियुक्तिको तयारीमा जुटेको हो ।

बिज्ञापन

नेपालको प्रशासनिक इतिहासमा रेकर्ड ब्रेक गरेर पहिलो महिला मुख्य सचिव बन्न सफल लीलादेवी गड्तौला भोलिदेखि अनिवार्य अवकाशमा जाँदैछिन् । गत असार ९ गते बैकुण्ठ अर्याललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि मुख्य सचिव पद रिक्त थियो । असार १० गतेदेखी प्रधानमन्त्री कार्यालयको बरिष्ठ सचिवको रुपमा गड्तौताले निमित्त मुख्य सचिवको जिम्मेवारी समाल्दै आएकी थिइन । भ्रष्टाचारको अभियोगमा मुद्दा दायर भएपछि निलम्बित मुख्यसचिव बैकुण्ठ अर्यालको ठाउँमा लीलादेवी गड्तौलालाई क्रमशः निमित्त, कामु बनाउँदै दुई महिनाका लागि मुख्यसचिव बनाइएपछि यसबारेको निजामतीमा राम्रै चर्चा सुनिएको थियो ।

लीलादेवी घर फर्किए पछि उक्त कुर्सीमा २७ औं मुख्य सचिवका रुपमा एकनारायण अर्याल पुग्ने भएका हुन । मुख्य सचिव हुने रोलक्रममा पाँच जना सचिव दाबेदार देखिएका छन् । ती पाँच सचिवमध्ये प्रधानमन्त्री ओलीको रोजाइमा परेका सचिव मुख्यसचिव हुनेछन् । अहिले मुख्यसचिवका लागि सचिव तोयनारायण ज्ञवाली, रामकृष्ण सुवेदी र दिनेश भट्टराई पहिलो लाइनमा छन् । ज्ञवाली राष्ट्रिय योजना आयोग, सुवेदी सार्वजनिक खरिद अनुगमन कार्यालयको सचिव र भट्टराई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सचिव छन् । यस्तै गृहसचिव एकनारायण अर्याल र अर्जुन पोखरेल प्रतिष्पर्धामा छन् । यी पाँच मध्येबाट अर्याल मुख्यसचिव बन्ने भएका हुन ।
प्रधानमन्त्री कार्यालय निकट स्रोतका अनुसार, आजको क्याविनेट बैठकले अर्याललाई निमित्त मुख्य सचिवको जिम्मेवारी दिँदै मुख्य सचिव बनाउन लागेको हो।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अर्काे सहसचिवले दिए राजीनामा,स्वीकृत हुन बाँकी

प्रादेशिक पिआइए पोर्टलमा तीन सुविधा थप, ५ हजार ५ सय कर्मचारी प्रत्यक्ष लाभन्वित

सरकारी साक्षीविरुद्ध ५० लाखको भ्रष्टाचार मुद्धा

सुधन,सुनिल र भुपदेपले दिएनन् केन्द्रीय सदस्यमा उमेदवारी

उपसचिवको नियुक्ति सिफारिस बदर

बिदा दुरुपयोगमा मुछिएका १३ सय ३० कर्मचारीले अद्यावद्यिक गराए विवरण

प्रदेश खारेजी,स्थानीय तह एक तिहाइ कटौतीको प्रस्ताव

नयाँ सरकारको ‘मधुमास’ : समातिए दर्जनौं भीआइपी,अधिकांश छुटे

बिशेष