९ लाख घुससहित रंगेहात पक्राउ परेका कर्मचारीविरुद्ध महिना दिनपछि चल्यो मुद्धा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दार्चुलाको शैल्यशिखर नगरपालिकाका दुई कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

बिज्ञापन

९ लाख घुससहित रंगेहात पक्राउ परेका महिना दिनपछि कर्मचारीद्धयलाई प्रतिवादी बनाएर अख्तियार विशेषमा पुगेको हो । गत असार ३१ गते  घुससहित समातिएका दार्चुलाको शैल्यशिखर नगरपालिकाका कृषि प्राविधिक अधिकृत मोहनसिंह धामीसहित दुई जनाविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्धा दाष्र गरेको हो ।

बिज्ञापन

कृषि समूहको बिल भुक्तानी गर्दा कसिमन वापत सेवाग्राहीसँग चार लाख १२ हजार बराबरको घुस र दुई लाख ५० हजार बराबरको दुई वटा चेक (पाँच लाख) सहित गत असार ३१ गते उनीहरुलाई नियन्त्रणमा लिएको थियो। त्यस्तै, अशोकको नाममा लेखिएको साढे दुई लाखको दुईवटा चेक पनि अख्तियारले बरामद गरेको थियो।

अनुसन्धानको क्रममा कृषि सामग्री खरिदबापत भुक्तानी गर्नुपर्ने रकमको चेक उनीहरुले कृषक समूहबाट संकलन गरी आफूसँग राखेर भुक्तानी गर्नका लागि सेवाग्राहीबाट घुस मागेको पुष्टि हुन आएको अनुसन्धानबाट खुलेसँगै अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम नौ लाख १२ हजार रुपैयाँ बिगो कायम गरी कैद र जरिवाना हुन मागदाबीसहित दुवै जनाउपर विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष