निजामती किताबखानामा अझैं चार मन्त्रालयको पद दर्ता बाँकी रहेको छ । निजामती किताबखानामा साउन पहिलो सातादेखि २० दिनको अवधिमा १३ मन्त्रालय र ती मातहतका ३३२ निकायका ९ हजार ६०७ पद दर्ता भएको छ । निजामती किताबखानाका अनुसार हालसम्म १३ मन्त्रालयका ९ हजार ६०७ पद दर्ता भएको हो । नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ असार ३२ गतेको संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षण स्वीकृत गर्ने निर्णय कार्यान्वयन गर्ने गृहकार्य तीव्र रुपमा अघि बढेको भए भने चार मन्त्रालयले भने ओएनएम टुंग्याइसकेको भए पनि पद दर्ता नगराएको निजामती किताबखानाले जनाएको छ । हालसम्म पद दर्ता नगराउने मन्त्रालयहरुमा ओ एण्ड एम सकिएर किताबखानामा दर्ता सम्पन्न भएका मन्त्रालय र निकायहरूमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय र गृह मन्त्रालय रहेका छन् । गृह मन्त्रालय लगायतले दरबन्दी संरचनाको काम टुंगाइएको भए पनि अझैं किताबखानामा पद दर्ता गराएका छैनन् । यो अवधिमा भूमि, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, रक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको पनि दर्ता प्रक्रिया सम्पन्न भइसकेको छ ।
बिज्ञापन
यी सहित १३ मन्त्रालयका ३३२ निकायका गरी ९ हजार ६०७ पद दर्ता भइसकेको भए पनि अर्थ, उद्योग, पूर्वाधार, कृषि र परराष्ट्र मन्त्रालयको भने ओ एण्ड एम भएर पनि किताबखानामा दर्ता हुन सकेको नसकेको किताबखानाका अधिकारीहरुले जनाएका छन् ।
बिज्ञापन
हालसम्म १३ मन्त्रालय र ३३२ निकायका पदको दर्ता भएको छ । सबैभन्दा पहिला भूमि व्यवस्था सहकारी मन्त्रालयले गत साउन १० मा पद दर्ता गराएको थियो । सरकारको ‘स्पिरिट’अनुसार चल्ने पहिलो मन्त्रालय भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय देखिदा अझैं पनि अर्थ,पूर्वाधार मन्त्रालय,परराष्ट्र र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेका छन् ।



























