पाँच सचिव फाजिलमा,एउटै मन्त्रालयमा तीन सचिव

बागमती प्रदेश सरकारले एउटा दरबन्दी कायम रहेको मन्त्रालयमा ३ जना सचिवको जिम्मेवारी तोकेको छ । मन्त्रालयको संख्या १४ बाट घटेर ८ मा सीमित भएसँगै एउटा दरबन्दी भएको मन्त्रालयमा ३ जना सचिवको जिम्मेवारी तोकेको छ,उनीहरुलाई क्षेत्रगत जिम्मेवारी दिएको हो ।

बिज्ञापन

८ मन्त्रालय रहेको प्रदेशमा हाल ५ जना सचिव बढी देखिएसँगै शुक्रबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले सचिवहरुको क्षेत्रगत जिम्मेवारी तोकेको हो । जस अनुसार आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी महेश भट्टराईलाई दिइएको छ । उद्योग, वाणिज्य, पर्यटन, श्रम तथा यातायात मन्त्रालयअन्तर्गत जीवलाल भुसाललाई उद्योग तथा वाणिज्य क्षेत्र, अनिता निरौलालाई श्रम तथा यातायात क्षेत्र र दीपेन्द्र सुवेदीलाई संस्कृति तथा पर्यटन क्षेत्रको जिम्मेवारी तोकिएको छ । यस्तै,स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयअन्तर्गत गीताकुमारी होमेगाईंलाई युवा तथा खेलकुद क्षेत्र, डा सुमित्रा गौतमलाई स्वास्थ्य क्षेत्र र खुबिराम अधिकारीलाई सामाजिक क्षेत्रको जिम्मेवारी दिइएको छ ।
कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयअन्तर्गत डा केदार बराललाई वन तथा वातावरण क्षेत्र र सुधिर श्रेष्ठलाई कृषि तथा पशुपन्छी क्षेत्रको जिम्मेवारी तोकिएको छ । मन्त्रालयको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको कार्य सम्पन्न नभएसम्म कायम रहने बागमती प्रदेश सरकारले जनाएको छ ।

बिज्ञापन

यता मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दरबन्दी अनुसार ३ सचिवको व्यवस्था रहेको छ । जसमा कानुन महाशाखा हेर्ने सचिव रिक्त रहेका छन् भने शासकीय सुधार तथा समन्वय महाशाखामा उमेश कुमार ढकाल र बैठक तथा प्रशासन महाशाखामा रामबाबु पुरी रहेका छन् । आर्थिक मामिला तथा योजना मन्त्रालयमा नारायण मैनाली, भौतिक पूर्वाधार विकास मन्त्रालयमा ईश्वरचन्द्र मरहट्ठा, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयमा इन्द्रदेव भट्ट र आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालयमा महेश भट्टराईलाई जिम्मेवारी तोकिएको छ । कानुन मन्त्रालयका सचिव कृष्णबहादुर शाहीको केही दिन अघि सरुवा भएसँगै सहकारी मन्त्रालयमा कार्यरत भट्टराईलाई सो मन्त्रालयको जिम्मेवारी तोकिएको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सिंहदरबार र लोक सेवा आयोगका माननीयज्यूमा एउटा जीवित लासको खुल्ला पत्र

पहिला ठेक्का,अहिले टेण्डर

पालिका आगजनीमा कर्मचारीकै संलग्नता

प्रतिनिधि सभामा भोलि तीन वटा विद्येयक पेश हुँदै

भोटेकोशीको रौद्रता –प्रकाशचन्द्र खतिवडा

ललितपुरमा ठूलो परिमाणमा ट्रामाडोल बरामद, महिला र दुई पुरुष पक्राउ

मन्त्री वाग्लेलाई बदनाम गराउने कर्मचारीको खेल, मुस्ताङमा धमाधम ‘आफ्ना मान्छे’ सरुवा

एयरपोर्ट भन्सारमा तीन एजेन्टको ‘राज’ :सामान छुटाउनैपर्ने बाध्यताले महँगिँदै उपभोग्य वस्तु

बिशेष