सेटिङमा धमाधम सरुवा,विवादमा मन्त्री मेहता

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका केही कर्मचारीको जिम्मेवारी हेरफेर गरेको छ। मन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको प्रमुख रहेका डा मदन कुमार उपाध्यायलाई वीर अस्पताल सरुवा गरेकी छिन् । उनका ठाउँमा भरतपुरबाट डा ओम अर्याललाई ल्याइएको छ ।

बिज्ञापन

मन्त्रालयका अनुसार, स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (एचईओसी) प्रमुखमा डा हेमन्त ओझालाई ल्याइएको छ । ओझा स्वास्थ्य सेवा विभागअन्तर्गतको उपचारात्मक महाशाखामा कार्यरत थिए। यस्तै मन्त्रालयको सूचना अधिकारी भक्त बहादुर केसीलाई स्वास्थ्य तालिम केन्द्रमा पठाइएको छ । मन्त्रालयको नयाँ संगठन संरचनामा वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासकको दरबन्दी नभएका कारण केसीलाई तालिम केन्द्रमा पठाइएको मन्त्रालयले जनाएको छ । उता स्वास्थ्य आपूर्ति शााखाको प्रमुखमा दया पन्त र नीति तथा योजनाको उपसचिवमा धनेश्वर पौडेललाई ल्याइएको छ । सरुवाको सूची अनुसार,नुजन शर्मालाई मन्त्रालयमै पोष्टिङ गरिएको छ ।

बिज्ञापन

मन्त्रालयले सेटिङका आधारमा कर्मचारीहरुको जिम्मेवारी हेरफेर गरेको तथ्यहरु समेत बाहिरिएका छन् । यीमध्ये केही चिकित्सकहरुको सरुवा सेटिङमा भएको स्वास्थ्य मन्त्रालयका कर्मचारीहरुले बताएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सिंहदरबार र लोक सेवा आयोगका माननीयज्यूमा एउटा जीवित लासको खुल्ला पत्र

पहिला ठेक्का,अहिले टेण्डर

पालिका आगजनीमा कर्मचारीकै संलग्नता

प्रतिनिधि सभामा भोलि तीन वटा विद्येयक पेश हुँदै

भोटेकोशीको रौद्रता –प्रकाशचन्द्र खतिवडा

ललितपुरमा ठूलो परिमाणमा ट्रामाडोल बरामद, महिला र दुई पुरुष पक्राउ

मन्त्री वाग्लेलाई बदनाम गराउने कर्मचारीको खेल, मुस्ताङमा धमाधम ‘आफ्ना मान्छे’ सरुवा

एयरपोर्ट भन्सारमा तीन एजेन्टको ‘राज’ :सामान छुटाउनैपर्ने बाध्यताले महँगिँदै उपभोग्य वस्तु

बिशेष