चौंथोदेखि सातौं तहसम्म २५ करार कर्मचारी भर्ती गर्दै वैकल्पिक उर्जा केन्द्र

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले झण्डै दुई दर्जन कर्मचारी करार सेवाबाट पदपूर्ति गर्ने भएको छ । केन्द्रले इन्जिनियरदेखि कम्प्युटर अपरेटर तहका विभिन्न चार पदमा जम्मा २५ जना जनशक्ति माग गरेको छ ।

बिज्ञापन

जस अनुसार सातौं तहको इन्जिनियर पदमा १८ जना माग गरिएको छ। यस पदमा आवेदन दिन मान्यता प्राप्त शिक्षण संस्थाबाट वातावरण, सिभिल, मेकानिकल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स तथा कम्युनिकेसन वा कृषि इन्जिनियरिङमध्ये कुनै एक विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको प्रावधान राखिएको छ । यस्तै छैंटौं तहको प्रशासकीय अधिकृत पदमा दुई जना माग गरिएको छ । केन्द्रको प्रशासकीय अधिकृत हुनका लागि स्नातक तह उत्तीर्ण गरेको शैक्षिक योग्यता तोकिएको छ।

बिज्ञापन

पाँचौ तहको प्राविधिक सहायक पदमा चार जनाको दरखास्त मागिएको छ । सो पदका लागि प्रविणता प्रमाणपत्र तह वा सोसरह उत्तीर्ण गरी नवीकरणीय ऊर्जा क्षेत्रमा कम्तीमा एक वर्षको काम गरेको अनुभव भएकाले सात सय रुपैयाँ दस्तुर तिरेर यस पदमा दरखास्त दिन सक्नेछन्। त्यसैगरी तह चारको कम्प्युटर अपरेटरमा एक जना मागिएको छ। दश कक्षा उत्तीर्ण गरी कम्प्युटरसम्बन्धी कम्तीमा तीन महिनाको तालिम लिएकाले पाँच सय रुपैयाँ बुझाएर यस पदमा आवेदन दिन पाउने व्यवस्था छ।इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले आवश्यक कागजातसहित आगामी भदौ ४ गतेभित्र कार्यालय समयमा आवेदन दिन सक्नेछन्।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सिंहदरबार र लोक सेवा आयोगका माननीयज्यूमा एउटा जीवित लासको खुल्ला पत्र

पहिला ठेक्का,अहिले टेण्डर

पालिका आगजनीमा कर्मचारीकै संलग्नता

प्रतिनिधि सभामा भोलि तीन वटा विद्येयक पेश हुँदै

भोटेकोशीको रौद्रता –प्रकाशचन्द्र खतिवडा

ललितपुरमा ठूलो परिमाणमा ट्रामाडोल बरामद, महिला र दुई पुरुष पक्राउ

मन्त्री वाग्लेलाई बदनाम गराउने कर्मचारीको खेल, मुस्ताङमा धमाधम ‘आफ्ना मान्छे’ सरुवा

एयरपोर्ट भन्सारमा तीन एजेन्टको ‘राज’ :सामान छुटाउनैपर्ने बाध्यताले महँगिँदै उपभोग्य वस्तु

बिशेष