जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाईका लागि पेशी तोकिएको छ । सर्वाेच्चका न्यायधीश वालकृष्ण ढकालको इजलाशमा सो रिटको सुनुवाई हुने भएको हो ।
बिज्ञापन
श्रेष्ठको हकमा उनकी श्रीमती सरस्वती श्रेष्ठले बन्दीप्रत्यक्षीकरण रिट दर्ता गरेकी थिइन । व्यक्तिगत गोपनीयता सम्बन्धी कसुरमा प्रहरीले श्रेष्ठलाई बुधबार साँझ पक्राउ गरेको थियो।
बिज्ञापन
प्रहरीले बिहीबार अपराह्न ४ बजेपछि श्रेष्ठलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो। प्रहरीले अनुसन्धानका लागि १० दिन हिरासतमा राख्न अनुमति मागेकोमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले बिहीबार श्रेष्ठलाई अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अनुमति दिएको थियो। अदालतले तीन दिनको म्याद दिएको हो।
सोही प्रकरणममा बिनाआधार पक्राउ गरिएको भन्दै बन्दीप्रत्यक्षीकरण आदेश (थुनामुक्त) जारी गर्न माग गर्दै बिहिबार श्रेष्ठको पत्नी सरस्वतीले दायर गरेको रिटको आज सुनुवाई हुँदैछ ।
आस्था मिडियाका अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठको घरमा प्रहरीले दुई पटक खानतलासी गरेको छ। त्यसपछि बिहीबार दिउँसोदेखि नै श्रेष्ठको घरबाहिर सादा पोसाक तथा प्रहरी पोसाकमा सुरक्षाकर्मी परिचालन गरिएको थियो। बिहीबार राति प्रहरीले पुनः श्रेष्ठको घरमा खानतलासी गरेको हो। खानतलासीपछि ललितपुर प्रहरी, काठमाडौं प्रहरी र अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले घरमा जडान गरिएको सीसीटीभी क्यामराको रेकर्डर मुचुल्का उठाएर बरामद गरेको छ।
बिज्ञापन
यसअघि बिहीबार बिहान ठाडोढुंगास्थित जनआस्था कार्यालयबाट प्रहरीले ६ थान सीपीयू, एक थान कम्प्युटर मनिटर र एउटा पुरानो मोबाइलसमेत बरामद गरेको जनाइएको छ।



























