गृहको नयाँ ओएनएम : ९५ दरबन्दी थपेर ४ हजार ६ सय ११ कायम

लामो रस्साकस्सी पछि गृह मन्त्रालयले नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) टुंग्याएको छ । अन्य मन्त्रालयहरुको दरबन्दी कटौती भइरहँदा गृहले भने ९५ दरबन्दी थप गरेको हो । गृहले आवश्यक्ताका आधारमा दरबन्दी थप र कटौती गरेको जनाएको छ । कूल थप १ सय २९ दरबन्दी थप भएको देखिए पनि ३४ दरबन्दी भने समरजंग कम्पनीको रहेको जनाइएको छ ।

बिज्ञापन

गृहका अनुसार यस अघि गृह मातहत २७० कार्यालय रहेकोमा तीन वटा कार्यालय आपसमा मर्ज भएर हाल मन्त्रालय मातहत २ सय ६७ कार्यालय कायम रहेका छन् ।मन्त्रालयका अनुसार, ४ वटा कार्यालय एक आपसमा गाभिएका छन् भने एक कार्यालय थप भएको छ ।

बिज्ञापन

यस अघि ४ हजार ४ सय ८२ कर्मचारी कायम रहेकोमा १२९ दरबन्दी थप भइ ४ हजार ६ सय ११ दरबन्दी कायम हुने भएको छ । गृहले १० सहसचिव तहका कर्मचारीको दरबन्दी कटौती गर्दा ६ उपसचिव, ४६ शाखा अधिकृत सहित ९५ नयाँ दरबन्दी गृहमा थपेको हो । कूल १२९ दरबन्दी थप भएकोमा समरजंग कम्पनी समेत वनबाट गृहमातहतबाट ल्याइएको छ । यस अघि यो कम्पनी वन मन्त्रालय मातहत सुब्बा तहका कर्मचारीले हेर्दै आएका थिए अब गृह मातहत इकाइको रुपमा रहनेछ । त्यहाँ रहेका ३४ जनाको दरबन्दी समेत गृहमा जोडिएको हो ।

यस अघि मन्त्रालय मातहत रहेको जुद्ध वारूण यन्त्र कार्यालयलाई गृहले हेरिरहँदा अलि अस्वभाविक रहेकोमा नगरपालिकालाइ आफैं मातहत राख्न आग्रह गर्दा अस्वीकार गरे पछि त्यसलाई अब भक्तपुरलाई जिल्ला प्रशासन कार्यालय मातहत राखिएको छ । यस्का अलवा नयाँ ओएनएम अनुसार,९ सहसचिवको दरबन्दी कटौती भएको छ । यस अघि ६१ जिल्लामा सहसचिव प्रमुख जिल्ला अधिकारी प्रमुख जिल्ला अधिकारी रहँदै आएकोमा अब ५२ जिल्लाको प्रशासनिक कमाण्ड सहसचिवले,यस अघि १६ जिल्ला उपसचिव प्रमुख जिल्ला अधिकारी रहँदै आएकोमा अब ९ जिल्ला थपिएर २५ जिल्लामा उपसचिव प्रमुख जिल्ला अधिकारी रहनेछन् । यस्का अलवा स्याङजाको वालिङ, महोत्तरीको बर्दिबास ईलाका प्रशासन कार्यालय प्रमुखमा , झापा, मोरङ, कास्की र बाँकेको कारागारमा उपसचिवको दरबन्दी थपिएको छ ।

बिज्ञापन

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

३०- ५५ को प्रावधानमा अर्थ मन्त्रालयको सहमति

गृहको नयाँ ओएनएम : ९५ दरबन्दी थपेर ४ हजार ६ सय ११ कायम

अब २५ जिल्लामा उपसचिव,५२ जिल्लामा सहसचिव सिडियो

संखुवासभा र बैतडीमा नयाँ सिडियो

अख्तियारको राडारमा तीन पूर्व प्रधानमन्त्रीका स्वकीय

मुख्य सचिवसहित पाँच सचिव सञ्चालक रहेको अस्पतालको यो हबिगत

निमित्त महानिर्देशकले लत्याए बालेन सरकारले निर्देशन

रक्तदानसहित मनाइयो नृत्य निर्देशक संघ नेपालको ११औँ स्थापना दिवस

बिशेष